INSEC Online

📅 २०८३ जेष्ठ २२

जनकपुरमा जनमत पार्टीको चुनाव चिन्ह अङ्कित साडी बितरण

जनमत पार्टीकी महिला नेतृ जनकपुरधाम उपमहानगरपालिका–७ की माला साहले पार्टीको चुनाव चिन्ह अङ्कित साडी लगाएपछि उक्त तस्वीर सामाजिक संजालमा कात्तिक २१ गतेदेखि भाइरल भएको छ । जनमत पार्टीको चुनाव चिन्ह हर्न छाप अङ्कित साडी पार्टीले बाँडेको छ ।

जनमत पार्टीका अध्यक्ष डा. सिके राउत एक बौद्धिक वर्गका नेता भएको तर पार्टीको चुनाव चिन्ह अङ्कित साडी बितरण गरी निर्वाचन आचारसंहिताको ठाडो उल्लङ्घन गरेको भन्दै सामाजिक संजालमा व्यापक गुनासो भइरहेको छ ।

निर्वाचन आचारसंहिताको परिच्छेद २ मा सवैले पालना गर्नुपर्ने आचारणको दफा ४ को उपदफा (घ ) मा राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिन्ह अङ्कित ज्याकेट, कमिज, भेष्ट, टिसर्ट, टोपी वा क्याप, गम्छा, मास्क, लकेट वा अन्य कुनै किसिमका पहिरन वा स्टीकर, लोगो, झोला, ब्याज, टयाटु जस्ता साङ्केतिक सामाग्री उत्पादन गर्न र प्रयोग गर्न बिक्री बितरण गर्न वा प्रदर्शन गर्न वा गराउन नहुने उल्लेख छ ।

जनमत पार्टीको चुनाव चिन्ह अङ्कित साडी सामाजिक संजालमा पोष्ट गर्दै कतिपयले निर्वाचन आयोगलाई ध्यानाकर्षण गराएको छ । मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले यसबारे छानविन भइरहेको बताउनु भयो ।

अन्य

भिडियो