कालिका गाउँपालिका—१ ग्राङमा निर्वाचन आचार संहिता विपरीत सत्ता गठबन्धन दलले सडक खन्ने, मर्मत गर्ने काम गरेर आचार संहित उल्लङ्घन गरेका छन् ।
कालिका गाउँपालिका –१ को ग्राङ गाउँबाट पलेपसम्मको सडक खन्ने, मर्मत गर्ने, माटोले पुर्ने कामका लागि नेपाली कांग्रेसबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार मोहन आचार्य र प्रदेश सभा सदस्यका उम्मेदवार एकीकृत समाजवादीका इन्द्र गौतमले सडक निर्माणमा स्क्याभेर प्रयोग गरेको कालिका गाउँपालिका– १ का दावाफुर्पा तामाङले बताए ।

उत्तरगया गाउँपालिका–४ मा पनि सांसद मोहन आचार्यको स्क्याभेटर र जेसिवि प्रयोग गरेर सडक निर्माण गरको स्थानीयले बताएका छन् ।
नेपाली कांग्रेसले उम्मेदवार चुनाव चिन्ह, दलको झण्डा र सार्वजनिक स्थानमा ब्यानर राखेर निर्वाचन आचार संहिता उलङ्घन गरेका छन् ।

आचार संहिताको परिच्छेद २ को “ज” मा भनिएको छ “कसैको निजी घरजग्गामा वा सार्वजनिक भवन, सार्वजनिक उधान, सार्वजनिक सडकमा पोल वा कुनै पनि सार्वजनिक स्थानमा दलको झण्डा, दल वा उमेद्वारको निर्वाचन चिन्ह्र राख्न वा टाँस्न नहुने भनिएको छ” ।
नेकपा एमालेल् पनि भोट माग्ने क्रममा झण्डा र चुनाव चिन्ह र झण्डा सार्वजनिक स्थानमा राखेका छन् ।
राप्रपा नेपालले पनि गाडीमा माइक राखेर ब्यानर, झण्डा र तुल टाँसेर निर्वाचन आचार संहिता उलङ्घन गरेका छन् ।
गाडी र झण्डा बढि प्रयोग भएको भन्ने गुनासो आएको तर सडक खन्ने, मर्मत गर्ने काममा उम्मेद्धारहरुले आचार संहिता उल्लङ्घन गरेको सूचना नपाएको र निर्वाचन आचार संहिता अनुगमन गरी उलङ्घन गरेको भेटिएमा कारबाही गरिने प्रमुख जिल्ला अधिकारी नबराज जैसीले बताउनुभयो ।
