स्थानीय निकायमा निर्वाचित जनप्रतिनिधिहरू निर्वाचन आचार संहिता विपरीत गठबन्धनको चुनाव प्रचार गर्दै हिँडिरहेका छन् ।
आचारसंहिता विपरीत बेनिघाटरोराङ गाउँपालिका अध्यक्ष विवेक थपलिया गठबन्धनको चुनाव प्रचार गर्दै कात्तिक २२ गते बेनिघाट रोराङ गाउँपालिका–२ मा पुगेका छन् ।
गठबन्धनका उम्मेदवारको चुनावी सभा र मतदाता भेटघाटमा घरघर पुगेर थपलियाले गठबन्धनलाई जिताएमा गाउँको विकास गरिने बताएर मत माग्दै हिँडेको बेनिघाटरोराङ गाउँपालिका–२ काविष्णु थापाले जानकारी बताउनु भयो ।
सो गाउँपालिका उपाध्यक्ष टापबहादुर श्रेष्ठ पनि निर्वाचनमा मत माग्र्दै हिडिरहेका छन् ।
उहाँ पनि गठबन्धनले आयोजना गरेको सभा र मतदाता घरदैलामा गाउँमा हिँडिरहनुभएको छ ।
निलकण्ठ नगरपालिका प्रमुख भीम ढुङ्गाना गठबन्धनको सभामा मन्तब्य व्यक्त गरेको फोटो समेत सामाजिक संजालमा भेटिएको छ ।
उहाँले विकासका कामका लागिगठबन्धनले जित्नै पर्ने भन्दै आचारसंहिताको उल्लङ्घन गरेको निलकण्ठ नगरपालिका–१२ का दयाराम लम्सालले बताउनुभयो ।
गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठ पनि गाउँगाउँमा भोटमाग्दै हिड्नु भएको छ।
गजुरी गाउँपालिकाको विभिन्न वडामा गठबन्धनको भेटघाट तथा सभामा समेत मात माग्दै हिड्नु भएको सामाजिक सञ्जालमा भेटिएको छ ।
आचारसंहिता उल्लङ्घन गर्दै जनप्रतिनिधिहरूले मतदातासँग मत माग्दै हिँडिरहेका छन् ।
यसैगरी गठबन्धनका उम्मेदवारहरू आचार संहिता विपरीत रंगिन पोष्टकार्ड छापेर वितरण गर्दै हिडेका छन् ।
समानुपातिक उम्मेदवार सोम्बले तामाङले रंगिन कार्ड बनाएर प्रचारप्रसार गरिरहेको अवस्थामा भेटिएको छ । उहाँ नेकपा माओवादी केन्द्रका बागमती प्रदेशका समनुपातिक उम्मेदवार हुनुहुन्छ ।
यसैगरी गठबन्धनका उम्मेदवार गोबिन्द लम्सालले रंगिन कार्ड बनाएर गाउँमा बितरण गरेको भेटिएको छ ।
उम्मेदवार र जनप्रतिनिधिहरूले आचार संहिता विपरित कार्य गरेको सम्बन्धमा आचार संहिता अनुगमन कर्ता पुरुषोतम शर्माले सम्बन्धीतहरूलाई सचेत गराइएको र अर्को पल्ट पनि यस्तो कार्य भेटिएमा कारबाहीको प्रकृयामा अघि बढ्ने बताउनुभयो ।
यता निलकण्ठ क्याम्पसमा अध्यापन गर्ने राधारमण आचार्य नेपाली कांग्रेसको झण्डा बोकेर चुनावी प्रचारमा भेटिनुभएको छ । उहाँहरूको फोटो समेत सामाजिक सञ्जालमा चुनाव प्रचार गरेको अवस्थामा समेत भेटिएको छ ।