INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कारको कसुरमा १९ वर्ष कैद सजाय

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला अदालत चितवनले आफन्त नाता पर्ने १९ वर्षीय कैद सजाय सुनाएको छ ।

जिल्ला न्यायाधीश वासुदेव न्यौपानेको इजलासले ०७९ कात्तिक गते १९ वर्ष कैद सजाय फैसला सुनाएका हो ।

अदालतका श्रेष्तेदार ईश्वर आचार्यका अनुसार बालिका बलात्कार कसुरमा १८ वर्ष र हाडनातामा बलात्कार भएको भनी थप १ वर्ष गरी कुल १९ वर्ष कैद सजाय तोकिएको हो । त्यस्तै पीडकलाई ६ लाख १० हजार जरिवाना तिराउने फैसला समेत अदालतबाट भएको छ ।

पीडितलाई ०७९ वैशाख १० गते बलात्कार गरेको भन्दैे वैशाख १० गते जिल्ला प्रहरी कार्यालय भरतपुरमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी विजयराज पण्डितले जानकारी दिनुभयो । बालिकाको वैशाख १० गते भरतपुर अस्पतालमा स्वास्थ्य परीक्षण गरियो । पीडकलाई प्रहरीले वैशाख १० गते गिरफ्तार गरी जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि थुनामा गएका थिए ।

अन्य

भिडियो