INSEC Online

📅 २०८३ जेष्ठ २२

क्रान्तिकारी माओवादीका कार्यकर्ता गिरफ्तार

मोहन बैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तीकारी माओवादी) का तनहुँ जिल्ला समितिका सदस्य व्यास नपा-१२ निवासी उजिर भनिने उपबहादुर थापा र सोही ठाउँका पार्टी सदस्य बिजयराज पौडेललाई प्रहरीले कात्तिक १३ गते साँझ गिरफ्तार गरेको छ ।

व्यास नपा-१२ को बानीयाटारस्थित गमबहादुर पौडेलको घरमा बसिरहेको अवस्थामा उनीहरुलाई प्रहरीले गिरफ्तार गरेको सो पार्टीका जिल्ला सेक्रेटरी नविनले जानकारी दिनु भयो ।

सेक्रेटरी नविनले गिरफ्तार गरिएका पार्टीका कार्यकर्तालाई विना शर्त तुरुन्त रिहा गर्न माग गर्नु भएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँका एसपी राजेन्द्रबाबु रेग्मीले उनीहरुलाई पुरानो मुद्धाको कारण केन्द्रीय कार्यालयबाट आएको प्रहरीले टोलीले गिरफ्तार गरेर लगेको जानकारी आफुले पाएको बताउनु भयो ।

उनीहरुको गिरफ्तारीको बारेमा विस्तृत जानकारी तनहुँ प्रहरीलाई नभएको एसपी रेग्मीले बताउनु भयो ।

अन्य

भिडियो