INSEC Online

📅 २०८३ जेष्ठ २१

शिक्षक र राष्ट्रसेवक कर्मचारीका विरुद्ध सात उजुरी

सङ्घ तथा प्रदेशसभा निर्वाचनका क्रममा निर्वाचन आचारसंहिता २०७९ विपरित कार्य गरेको भन्दै जिल्ला निर्वाचन कार्यालय पर्वतमा सात ओटा उजुरी दर्ता भएका छन् ।

जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माका अनुसार चार जना शिक्षक तथा कर्मचारीका विरुद्ध किटानी उजुरी आएको र तीन ओटा संस्थागत रुपमा उजुरी दर्ता भएका हुन् ।

जस अन्तर्गत पर्वत जिल्ला अस्पतालमा कार्यरत कर्मचारीहरू खुलेआम राजनीतिक दलको कार्यक्रममा सहभागी भएको भन्दै उजुरी परेको छ भने अस्पतालकै सरकारी सवारी दुरुपयोग भएको र फलेवास नगरपालिकाले निर्वाचनलाई प्रभावित पार्ने गरी बिउबिजन वितरण गरेको भन्दै उजुरी दर्ता भएको छ ।

यसरी परेका संस्थागत उजुरी उपर सम्बन्धित निकायलाई नै यथार्थ जानकारी उपलब्ध गराउन पत्राचार गरिएको शर्माले बताउनु भयो ।

त्यस्तै अन्य चार जना शिक्षक तथा कर्मचारीलाई २४ घण्टे स्पष्टिकरण सोधी जबाफ समेत प्राप्त भइसकेको र आचारसंहिता अनुगमन समितिमा छलफलको चरणमा रहेको जिल्ला निर्वाचन अधिकारी शर्माले बताउनु भयो ।

अन्य

भिडियो