INSEC Online

📅 २०८३ जेष्ठ २१

निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोपमा शिक्षकलाई आयोगको स्पष्टिकरण

मध्यविन्दु नगरपालिका–१३ मैनाघाटमा रहेको सरस्वती माध्यमिक विद्यालयका शिक्षक कृष्णप्रसाद तिवारीलाई निर्वाचन आचारसंहिता विपरित दलको चुनावी गतिविधिमा सहभागी भएको भन्दै आयोगले स्पष्टिकरण सोधेको छ ।

तिवारीलाई चुनाव प्रचारप्रसारमा सहभागी भएको तथा नेपाली कांग्रेसको नवलपुर क्षेत्र नं. २ (ख) प्रदेशसभाको पार्टी सभापति भएको भन्दै निर्वाचन आयोगले स्पष्टिकरण सोधेको हो ।

जिल्लामा परेको लिखित मध्ये यो एकमात्रै उजुरी रहेको र त्यो गम्भिर प्रकृतिको भएपछि तिवारीको सम्बन्धमा जिल्ला अनुगमन समितिले स्पष्टिकरण सोध्ने तयारी गरेको समयमा निर्वाचन आयोगबाट नै स्पष्टिकरणको पत्र आएपछि नगरपालिकामार्फत तिवारीलाई सो पत्र पठाइएको जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समितिका संयोजक एवम् कोष तथा लेखा नियन्त्रण कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का प्रमुख रामबहादुर केसीले बताउनु भयो ।

तिवारीले अब २४ घण्टाभित्र स्पष्टिकरण पेश गर्नुपर्ने तथा अनुगमन समितिले गरेको प्रारम्भिक छानविनमा तिवारीविरुद्ध परेको उजुरी गम्भीर प्रकृतिको भएको कारण निर्वाचन आयोगले कारवाहीको लागि सम्बन्धित स्थानीय तहमा सिफारिस गर्न सक्ने कुरा केसीले बताउनु भयो ।

सामाजिक सञ्जालमा आएका समान्य बाहेक अन्य जिल्लाको तुलनामा आचारसंहिता पूर्ण रुपमा पालना भएको पाइएको उहाँको दावी छ ।

अन्य

भिडियो