निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत प्रदेश सभा २ का नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका गोविन्द लम्साललाई निर्वाचन आयोगलाई सचेत गराएको छ।
निर्वाचन आचार संहितामा रङ्गिन सामाग्री उत्पादमा बन्देज लगाएको छ। बाक्लो कागजमा रङ्गिन स्टिकर बनाएर मतदाताहरूलाई वितरण गरिरहेको भेटिएपछि मतदाताले निर्वाचन अनुगमन समितिमा उजुरी गरेका थिए ।
उजुरीका आधारमा लम्साललाई मौखिक रूपमा जानकारी गराइ सचेत गराएको हो ।
लम्सालले आफूले भुलबस यस किसिमको सामाग्री उत्पादन गरेको बताउँदै यसको वितरण रोक्ने बताएको अनुगमन समितले जनाएको छ ।
यता निलकण्ठ नगरपालिका प्रमुख भीमप्रसाद ढुङ्गाना मतदाताहरूसँग मात माग्दै सार्वजनिक समारोहमा मन्तव्य समेत दिनु भएको छ।
यसैगरी उपप्रमुख दीपक विकले सामाजिक सञ्जालबाट मत माग्नु भएको छ। निर्वाचित जन प्रतिनिधिले कनै पनि उम्मेदवारको पक्षमा मात माग्न नपाइने आचारसंहितामा उल्लेख छ ।