आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनमा प्रदेश १ मा ३३ लाख बढी मतदाताले मतदान गर्ने प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।
प्रदेश १ मा निर्वाचन क्षेत्र प्रदेशसभातर्फ ५६ र प्रतिनिधिसभातर्फ २८ छन् । मङ्सिर ४ गतेको निर्वाचनबाट प्रदेश १ मा प्रत्यक्षतर्फ ५६ र समानुपातिकतर्फ ३७ जना गरी ९३ जना सांसद निर्वाचन हुने छन् ।
आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि प्रदेश १ मा १ हजार ८ सय ९७ ओटा मतदानस्थल र ४ हजार ९९ ओटा मतदान केन्द्र कायम गरिएको प्रदेश निर्वाचन कार्यालयका निर्वाचन अधिकृत लेवनकश्यप अधिकारीले बताउनु भयो ।
प्रदेश १ मा १७ लाख २९ हजार ७ सय ७२ जना पुरूष, १६ लाख ६७ हजार ७१ जना महिला र २२ जना अन्य गरी ३३ लाख ९६ हजार ८ सय ३५ जना मतदाताले मतदान गर्ने प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

ताप्लेजुङ प्रतिनिधि देवराज गुरुङका अनुसार मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका लागि जिल्लामा एक प्रतिनिधिसभासहित दुई ओटा प्रदेशसभामा ८८ हजार २ सय ८५ जना मतदाता रहेका छन् । तीमध्ये प्रदेशसभा ‘क’ निर्वाचन क्षेत्रमा ४८ हजार ७ सय ६१ जना मतदाता छन् । प्रदेशसभा निर्वाचन ‘ख’ मा ३९ हजार ५ सय २४ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । ०७४ सालको निर्वाचनको तुलनामा प्रदेश ‘क’ मा ५ हजार २ सय २५ जना मतदाता थपिएका छन् । प्रदेश ‘ख’ मा ४ हजार ६ सय ६३ जना मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्लामा ७५ ओटा मतदानस्थल छन् । सबैभन्दा बढी मतदाता फुङलिङ नगरपालिकामा १७ हजार ३ सय ३२ जना मतदाता छन् । फुङलिङमा २० ओटा मतदान केन्द्र छन् । सिरीजङ्गा गाउँपालिकामा ११ हजार ३ सय ९० जना मतदाता छन् । त्यहाँ १६ ओटा मतदानकेन्द्र छन् । पाथीभरा याङ्वरक गाउँपालिकामा ९ हजार ७ सय ६२ जना मतदाता छन् । १३ ओटा मतदान केन्द्र छन् । आठराई त्रिवेणी गाउँपालिकामा ९ हजार ४ सय ५० जना मतदाता छन् । मतदानकेन्द्र १२ ओटा छन् । फक्ताङलुङ गाउँपालिकामा ८ हजार ९ सय १७ जना मतदाता छन् । १५ ओटा मतदान केन्द्र छन् । सिदिङ्मा गाउँपालिकामा ८ हजार ७ सय ६५ जना मतदाता छन् । १३ ओटा मतदान केन्द्र छन् । मेरिङ्देन गाउँपालिकामा ८ हजार ३ सय ४९ जना मतदाता छन् । मतदान केन्द्र ११ ओटा छन् । मैवाखोला गाउँपालिकामा ७ हजार ४ सय ६७ जना मतदाता छन् । १२ ओटा मतदान केन्द्र छन् । ११ ओटा मतदान केन्द्र रहेको मिक्वाखोला गाउँपालिकामा ६ हजार ८ सय ५३ जना मतदाता छन् । सबैभन्दा कम मतदाता फक्ताङलुङ गाउँपालिका–७ स्थित याङ्मामा छन् । याङ्मामा ६१ जना मात्र मतदाता रहेको जिल्ला निर्वाचन अधिकारी दिनेश खनालले बताउनु भयो । सोही वडाको ग्याब्लामा ६७ जना मतदाता छन् । सबैभन्दा बढी मतदाता आठराई त्रिवेणी गाउँपालिका–३ स्थित श्री सरस्वती माध्यमिक विद्यालयमा छन् । त्यहाँ २ हजार ५ सय ९७ जना मतदाताले मतदान गर्ने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
सङ्खुवासभा प्रतिनिधि भविन कार्कीका अनुरार मङ्सिर ४ गते हुने निर्वाचनका लागि जिल्लामा एक प्रतिनिधिसभा र दुई प्रदेशसभा निर्वाचन क्षेत्र रहेका छन् । प्रदेश तथा प्रतिनिधिसभा सदस्यका लागि २९ जना उम्मेदवार चुनावी मैदान छन् । प्रतिनिधिसभा सदस्यका लागि ६० हजार ८ सय ६४ जना पुरूष र ५६ हजार ६ सय ९० जना महिलासहित १ लाख १६ हजार ५ सय ५४ जना मतदाता छन् । प्रदेशसभा (१) मा पुरूष ३० हजार ६ सय ६३ जना र महिला २८ हजार ३ सय ६६ जनासहित ५९ हजार २९ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । प्रदेशसभा (२) मा पुरूष ३० हजार २ सय १ जना पुरूष र २८ हजार २८ हजार ३ सय २४ जना महिलासहित ५८ हजार ५ सय २५ जना मतदाता छन् । जिल्लामा आठ ओटा मतदानस्थल सुरक्षा सम्वेदनशीलताका हिसाबले अति सम्वेदनशील मानिएको छ । जिल्लाका १ सय ८ ओटा मतदानस्थललाई सुरक्षा सम्वेदनशीलका आधारमा वर्गीकरण गरिएको छ । प्रमुख जिल्ला अधिकारी वीरेन्द्र यादवले १ सय ३ ओटा मतदानस्थलमध्ये ८२ ओटा मतदानस्थल सम्वेदनशील र १८ ओटा मतदानस्थललाई सामान्यको सूचीमा राखिएको बताउनु भयो । अति सम्वेदनशील मतदानस्थलमा ४ हजार ९१ जना मतदाता रहेका छन् ।
सोलुखुम्बु प्रतिनिधि अञ्जु कार्कीका अनुसार जिल्लामा मतदाताको सङ्ख्या ८१ हजार बढी पुगेको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार गत वैशाखमा सम्पन्न स्थानीय तह सदस्य निर्वाचन ०७९ तुलनामा आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका १ हजार ५ सय जना मतदाता थपिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्माले बताउनु भयो । जिल्लामा महिला मतदाता भन्दा पुरूष मतदाता २ हजार ७ सय ६४ जनाले बढी छन् । महिला मतदाता ३९ हजार ३ सय ६९ जना छन् भने जिल्लामा पुरूष मतदाता ४२ हजार १ सय ३३ जना छन् । २०६४ सालको निर्वाचनमा ६१ हजार ८ सय ४५ जना मतदाता थिए । जिल्लामा १ सय २२ ओटा मतदानस्थल तोकिएको छ भने १ सय ३६ ओटा मतदानकेन्द्र र एक अस्थायी मतदान केन्द्र थप गरिएको छ । तथ्याङ्क अनुसारका सबैभन्दा बढी मतदाता सोलुदुधकुण्ड नगरपालिकामा मतदाता छन् । सबैभन्दा कम लिखुपिके गाउँपालिका मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । सोलुदुधकुण्ड नगरपालिकामा १९ हजार ५ सय ६३ जना मतदाता रहेको र लिखुपिके गाउँपालिकामा ४ हजार ९ सय ४५ जना मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ । थुलुङ दुधकोशी गाउँपालिकामा १५ हजार १ सय १० जना, नेचासल्यान गाउँपालिकामा १० हजार ४ सय ४३ जना, माप्यदूधकोशी गाउँपालिका १० हजार ५ सय ४२ जना, महाकुलुङ गाउँपालिकामा ७ हजार ८ सय ४९ जना, सोताङ गाउँपालिकामा ७ हजार ६४ जना र खुम्बुपासाङ ल्हामु गाउँपालिका ५ हजार ९ सय ८७ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
ओखलढुङ्गा प्रतिनिधि सरस्वती बानियाका अनुसार जिल्लामा मतदाताको सङ्ख्या १ लाख १७ हजार ८ सय ९७ जना पुगेको छ । निर्वाचन आयोगले प्रकाशन गरेको अन्तिम नामावली अनुसार जिल्लामा कुल मतदाताको सङ्ख्या स्थानीय तह सदस्य निर्वाचन ०७९ भन्दा ८ सय १२ जनाले बढी छ । नयाँ कायम भएको मतदाता नामावली अनुसार जिल्लामा महिला मतदाताको सङ्ख्या ५९ हजार ८ सय १ जना र पुरूष मतदाताको सङ्ख्या ५८ हजार ८१ जना रहेको जिल्ला निर्वाचन अधिकारी प्रेमप्रसाद न्यौपानेले बताउनु भयो । तथ्याङ्क अनुसार जिल्लामा अन्यमा एक जना छन् । प्रदेशसभा निर्वाचन क्षेत्र अनुसार क्षेत्र न.१ मा ५६ हजार ७ सय ३३ जना मतदाता रहँदा क्षेत्र न. २ मा ६१ हजार १ सय ६४ जना मतदाता छन् । आगामी मङ्सिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लामा ८४ ओटा मतदानस्थल र १ सय ५३ ओटा मतदानकेन्द्र कायम गरिएको जिल्ला निर्वाचन कार्यालय प्रमुख न्यौपानेले बताउनु भयो । निर्वाचन क्षेत्र अनुसार क्षेत्र न. १ मा ४१ ओटा मतदानस्थल र ७५ ओटा मतदानकेन्द्र तथा क्षेत्र नं. २ मा ४३ ओटा मतदानस्थल र ७८ ओटा मतदानकेन्द्र कायम गरिएको छ ।
खोटाङ प्रतिनिधि तारानाथ फुयलका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि जिल्लामा १ सय ३६ ओटा मतदानस्थल र १ सय ९४ ओटा मतदान केन्द्र तोकिएको छ । प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ ओटा रहेको जिल्लामा ७४ हजार ९ सय २७ जना पुरूष र ६७ हजार ८ सय ६५ जना महिला गरी १ लाख ४२ हजार ७ सय ९२ जना मतदाता रहेका छन् ।
भोजपुर प्रतिनिधि गणेश विष्टका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि जिल्लामा ८७ ओटा मतदानस्थल र १ सय ५५ ओटा मतदान केन्द्र तोकिएको छ । प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ ओटा रहेको जिल्लामा ६४ हजार १ सय २५ जना पुरूष, ५९ हजार २ सय ५३ जना महिला र एक जना अन्य गरी १ लाख २३ हजार ३ सय ७९ जना मतदाता रहेका छन् ।
धनकुटा प्रतिनिधि ईश्वर थापाका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन ०७९ का लागि जिल्लामा १ हजार २७ जना नयाँ मतदाता थपिएका छन् । गत वैशाखमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनपछि सञ्चालन गरिएको मतदाता नामावली सङ्कलनबाट मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख जयराम श्रेष्ठले बताउनु भयो । स्थानीय तह निर्वाचनमा जिल्लामा १ लाख १५ हजार ९ सय ६४ जना मतदाता रहेकोमा आगामी निर्वाचनका लागि १ लाख १६ हजार ९ सय ९१ जना मतदाता पुगेका छन् । थपिएका मतदाता अनुसार प्रतिनिधिसभा निर्वाचनका लागि एक ओटा निर्वाचन क्षेत्र रहेको जिल्लामा ५८ हजार ५ सय ४६ जना पुरूष र ५८ हजार ४ सय ४५ जना महिला गरी १ लाख १६ हजार ९ सय ९१ जना मतदाता छन् । प्रदेश निर्वाचन क्षेत्र क मा ३० हजार ५ सय ७१ जना पुरूष र ३० हजार ९ सय ४४ जना महिला गरी ६१ हजार ५ सय १५ जना मतदाता छन् । प्रदेश निर्वाचन क्षेत्र ख मा २७ हजार ९ सय ७५ जना पुरूष र २७ हजार ५ सय ७६ जना महिला गरी ५५ हजार ४ सय ७६ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । गएको स्थानीय तह निर्वाचनमा सहिदभूमि गाउँपालिकामा १३ हजार ५ सय ३६ जना, चौविसे गाउँपालिकामा १४ हजार १ सय २७ जना, छथर जोरपाटी गाउँपालिकामा १३ हजार ५ सय ४२ जना र साँगुरीगढी गाउँपालिकामा १६ हजार २ सय ४१ जना मतदाता रहेका थिए । धनकुटा नगरपालिकामा २२ हजार ९ सय ७१ जना, पाख्रिवास नगरपालिकामा १७ हजार ८७ जना र महालक्ष्मी नगरपालिकामा १८ हजार ४ सय ६० जना मतदाता थिए । स्थानीय तह निर्वाचनमा जिल्लामा १ सय १८ ओटा मतदान स्थलमा १ सय ५९ मतदान केन्द्र रहेको र आगामी मङ्सिर ४ गतेको निर्वाचनका लागि १ सय १९ मतदानस्थलमा १ सय ६२ मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मतदान स्थलमा धेरै मतदाता थपिएको आधारमा मतदान केन्द्र थपिएको जिल्ला निर्वाचन अधिकारी जयराम श्रेष्ठको भनाइ छ ।
तेहृथुम प्रतिनिधि सुरेश खत्रीका अनुसार १ मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको जिल्लामा ७१ हजार ९ सय ३३ जना मतदाता र ५६ ओटा मतदानस्थलमा ९३ मतदान केन्द्र कायम गरिएको छ । प्रदेशसभा १ मा ३९ हजार १ सय २१ जना मतदाता र २७ मतदान ओटा मतदानस्थलमा ५३ ओटा मतदानकेन्द्र कायम गरिएको छ । प्रदेशसभा २ मा ३२ हजार ८ सय १२ जना मतदाता र २९ ओटा मतदानस्थलमा ४१ ओटा मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
पाँचथर प्रतिनिधि सहमान विश्वकर्माका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि जिल्लामा १ सय २ ओटा मतदानस्थल र १ सय ७७ ओटा मतदान केन्द्र तोकिएको छ । प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ ओटा रहेको जिल्लामा ७३ हजार ३ सय ६६ जना पुरूष र ६५ हजार ५ सय ६६ जना महिला गरी १ लाख ३८ हजार ९ सय ३२ जना मतदाता रहेका छन् ।
इलाम प्रतिनिधि बविता मैनालीका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि जिल्लामा १ सय ५० ओटा मतदानस्थल र २ सय ८५ ओटा मतदान केन्द्र तोकिएको छ । प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ ओटा रहेको जिल्लामा १ लाख १५ हजार ९ सय ५२ जना पुरूष, १ लाख ८ हजार ९ सय २३ जना महिला र दुई जना अन्य गरी २ लाख २४ हजार ८ सय ७७ जना मतदाता रहेका छन् ।
झापा प्रतिनिधि नरेश खातीका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि जिल्लामा २ सय ८५ ओटा मतदानस्थल र ७ सय ६६ ओटा मतदान केन्द्र तोकिएको छ । प्रतिनिधिसभा निर्वाचन क्षेत्र ५ ओटा रहेको जिल्लामा ३ लाख ३१ हजार ४४ जना पुरूष, ३ लाख ३२ हजार २ सय ५९ जना महिला र आठ जना अन्य गरी ६ लाख ६३ हजार ३ सय ११ जना मतदाता रहेका छन् ।
मोरङ प्रतिनिधि विनोद सुवेदीका अनुसार जिल्लामा ७ लाख ३५ हजार जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचन आयोगको अद्यावधिक तथ्याङ्क अनुसार ६ ओटा निर्वाचन क्षेत्र रहेको जिल्लामा मतदाताको सङ्ख्या ७ लाख ३५ हजार ५ सय ३५ जना छ । निर्वाचन क्षेत्र न.१ मा १ लाख २३ हजार ७ सय १५ जना मतदाता छन् । क्षेत्र न.१ को प्रदेशसभा ( १) मा ६४ हजार ४ सय ८२ जना र क्षेत्र (२) मा ५९ हजार १ सय ३३ जना मतदाता छन् । निर्वाचन क्षेत्र न.२ मा १ लाख २४ हजार ७ सय २९ जना मतदाता छन् । प्रदेशसभा (१) मा ६१ हजार ५८ जना र प्रदेशसभा (२) मा ६३ हजार ६ सय ७१ जना मतदाता रहेको आयोगको तथ्याङ्कमा उल्लेख छ । निर्वाचन क्षेत्र न.३ मा १ लाख ४९ हजार ८ सय ३३ जना मतदाता छन् । प्रदेशसभा (१)मा ७५ हजार ३ सय ९३ जना र प्रदेशसभा (२) मा ७४ हजार ४ सय ४० जना मतदाता छन् । निर्वाचन क्षेत्र न.४ मा १ लाख १० हजार ९३ जना मतदाता छन् । प्रदेशसभा (१) मा ५७ हजार ३ सय ९० जना र क्षेत्र न.(२) मा ५२ हजार ७ सय ३ जना मतदाता छन् । निर्वाचन क्षेत्र न. ५ मा १ लाख ४ सय ९४ जना मतदाता छन् । प्रदेशसभा (१) मा ४७ हजार ४ सय ५५ जना र प्रदेशसभा (२) मा ५३ हजार ४९ जना मतदाता छन् । निर्वाचन क्षेत्र न. ६ मा १ लाख २६ हजार ७ सय ६१ जना मतदाता छन् । प्रदेशसभा (१) मा ७८ हजार ९ सय ८४ जना र प्रदेशसभा (२) मा ४७ हजार ७ सय ९७ जना मतदाता छन् । जिल्लामा ३ सय ६ ओटा मतदानस्थल र ८ सय ३९ ओटा मतदान केन्द्र तोकिएको छ । जिल्लामा ३ लाख ७४ हजार ३ सय २६ जना पुरूष र ३ लाख ६१ हजार १ सय ९३ जना महिला र अन्य ६ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
सुनसरी प्रतिनिधि जयकृष्ण यादवका अनुसार प्रतिनिधिसभा र आठ ओटा प्रदेशसभा सदस्य निर्वाचनका लागि जिल्लामा ५ लाख ४४ हजार ९ सय ४१ जना मतदाताले मतदान गर्ने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि जिल्लामा २ लाख ७४ हजार ७ सय ५ जना पुरूष र २ लाख ७० हजार २ सय ३४ जना महिला गरी ५ लाख ४४ हजार ९ सय ४१ जना मतदाताले मतदान गर्ने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्लामा पुरूष मतदाता भन्दा महिला मतदाता सङ्ख्या ४ हजार ४ सय ७१ जनाले कम छ । निर्वाचन क्षेत्र नं. १ (क) मा धरान उपमहानगरपालिका वडा नं. १, २,३,४,५,६,७,८,९,१०, १२,१३, १४, १५, १९ छन् । जसको कुल मतदाता सङ्ख्या ७१ हजार ३ सय ४० जना छन् । जसमा ३३ हजार ९ सय ४ जना पुरूष र ३७ हजार ४ सय ३६ जना महिला मतदाता छन् । निर्वाचन क्षेत्र न.१ क का लागि २१ ओटा मतदानस्थल र ६९ ओटा मतदानकेन्द्र कायम गरिएको छ । निर्वाचन क्षेत्र नं. १ प्रदेश (ख) मा धरान उपमहानगरपालिका वडा नं. ११, १६, १७, १८, २०, बराहक्षेत्र नगरपालिकको वडा नं. १,२,३,४,५ र रामधुनी नगरपालिकको वडा नं. ६ र ७, छन् । जसमा कुल मतदाता सङ्ख्या ७० हजार ५ सय ३८ जना छन् । ३३ हजार ८ सय २४ जना पुरूष र ३६ हजार ७ सय १३ जना महिला मतदाता छन् । १९ ओटा मतदानस्थल र ६९ ओटा मतदानकेन्द्र कायम गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचन क्षेत्र नं. २ मा इटहरी उपमहानगरपालिका वडा नं. १,२,३,४,५,१६,१७,१८,१९,२०, रामधुनी नगरपालिका वडा नं. १,२,३,५,८,९, इनरुवा नगरपालिका वडा नं. १,२, ५, ६, ९,१०, हरिनगर गाउँपालिकाको वडा नं. ३ र देवानगञ्ज गाउँपालिकाका सबै सात ओटा वडा समेटिएका छन् । प्रतिनिधिसभा क्षेत्र नं. २ मा कुल मतदाता सङ्ख्या १ लाख ४९ हजार ५ सय ६६ जना छन् । जसमा ७४ हजार १५ जना पुरूष र ७५ हजार ५ सय ४१ जना महिला मतदाता रहेका छन् । यस क्षेत्रमा ४० ओटा मतदानस्थल र १ सय ४१ मतदात केन्द्र छन् । निर्वाचन क्षेत्र नं. २ को प्रदेशसभा (क) मा इटहरी उपमहानगरपालिका वडा नं. १,२,३,४, ५,१६,१७,१८,१९,२०, रामधुनी नगरपालिका वडा नं. ३, ५ रहेका छन् । यहाँ ८० हजार ४ सय ३७ जना मतदाता रहेका छन । ३८ हजार ११ जना पुरूष र ४२ हजार ४ सय २५ जना महिला मतदाता छन् । निर्वाचन क्षेत्र नं. २ को (ख) मा रामधुनी नगरपालिका वडा नं. १,२,८,९, इनरुवा नगरपालिकाको वडा नं. १,२,५६,९,१०, हरिनगर गाउँपालिकाको वडा नं. ३ र देवानगञ्ज गाउपालिकाका १ देखि ७ सम्म सबै वडा रहेका छन् । यहाँ ६९ हजार १ सय २९ जना मतदाता छन् । जसमा ३६ हजार ४ जना पुरूष र ३३ हजार १ सय २५ जना महिला मतादात छन् । निर्वाचन क्षेत्र नं.३ (क) मा इटहरी उपमहानगरपालिका वडा नं. ६,७,८,९,१०,११,१२,१३,१४, १५, गढी गाउँपालिका वडा न. १, दुवही नगरपालिकाको वडा न. २,३,४,८,९ र इनरुवा नगरपालिको वडा नं. ७ रहेका छन् । निर्वाचन क्षेत्र नं.३ (ख) मा गढी गाउँपालिकाको वडा नं.२,३,४,५,६, बर्जु गाउँपालिकाका ६ वटै वडा, दुहवी नगरपालिकाका वडा नं.१,५,६,७,१०,११ र १२ छन् । निर्वाचन क्षेत्र नं. ३ (क) मा ३० हजार ९ सय २३ जना पुरूष र ३० हजार ८ सय ८७ जना महिला गरी ६१ हजार ८ सय १० जना मतदाता छन् । निर्वाचन क्षेत्र नं. ३ (ख) मा ३३ हजार ५ सय ३७ जना पुरूष र ३० हजार ८५ जना महिला गरी मतदाताको सङ्ख्या ६३ हजार ६ सय २२ जना छन् । यस क्षेत्रको कुल मतदाता सङ्ख्या १ लाख २५ हजार ४ सय ३२ जना छन् । सुनसरी क्षेत्र नं. ४ (क) मा कोशी गाउँपालिकाका सबै वडा, बराहक्षेत्र नगरपालिकाको वडा न. ६,७,८,९,१० र ११, रामधुनी नगरपालिका वडा नं. ४ तथा क्षेत्र नं. ४ (ख) मा इनरुवा नगरपालिकाको वडा नं. ३,४,८, भोक्राका गाउँपालिकाकाका सबै वडा र हरिनगर गाउँपालिकाको वडा नं. १,२,४,५,६,७ रहेका छन् । यस क्षेत्रको कुल मतदाता सङ्ख्या १ लाख २८ हजार ६५ जना छन् । यसक्षेत्रमा ४२ ओटा मतदानस्थल र १ सय २५ ओटा मतदानकेन्द्र रहेका छन् ।
उदयपुर प्रतिनिधि राकेश नेपालीका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि जिल्लामा १ सय १ ओटा मतदानस्थल र २ सय ६४ ओटा मतदान केन्द्र तोकिएको छ । प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ ओटा रहेको जिल्लामा १ लाख १६ हजार ९५ जना पुरूष, १ लाख १२ हजार ८ सय ४९ जना महिला र दुई जना अन्य गरी २ लाख २८ हजार ९ सय ४६ जना मतदाता रहेका छन् ।