मोहन वैद्य नेतृत्वको नेकपा ९क्रान्तिकारी माओवादी० केन्द्रीय सदस्य तथा मोरङ इञ्चार्ज ५० वर्षीय विमल निरौला र भातृ सङ्गठन अखिल क्रान्तिकारी माओवादीका झापा सचिव महेन्द्र श्रेष्ठलाई प्रहरीले गिरफ्तार गरेको छ ।
आगामी मङ्सिर ४ गते हुने प्रतिनिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन ०७९ बहिष्कार गरौँ भन्दै चुनाव विरोधी पर्चा र पम्प्लेट टाँसेको आरोपमा प्रहरीले दुवै जनालाई कात्तिक १६ गते वेलवारी नगरपालिका–१ बजार क्षेत्रबाट गिरफ्तार गरेको हो ।
चुनाव विरोधी पर्चा र पम्प्लेट टाँस गरेको आरोपमा विराटनगर महानगरपालिका–३ का ५० वर्षीय विमल निरौला र झापा, कमल गाउँपालिका–३ केरखाका ३७ वर्षीय महेश श्रेष्ठलाई गिरफ्तार गरेको सो पार्टीले जनाएको छ ।
पार्टीको निर्देशन देशव्यापी रूपमा चुनाव बहिष्कार गर्ने रहेको र झापाको मेची नदीदेखि सुनसरीको कोशी व्यारेजसम्म चुनाव वहिष्कारको पर्चा टाँस्ने क्रममा प्रहरीले गिरफ्तार गरेको विमल निरौलाले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा भने ।
पार्टीले आफ्ना कार्यकर्ता गिरफ्तारीमा परेको भने जिल्ला प्रहरी कार्यालयका डिएसपी दीपक श्रेष्ठले प्रहरीले कोही कसैलाई गिरफ्तार नगरेको र प्रहरी युनिटबाट गिरफ्तारीमा विषयमा जानकारी नभएको बताउनु भएको छ ।
गिरफ्तारीमा परेका विमल निरौलाले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा भने– प्रहरीले गिरफ्तार गरी चार घण्टा नियन्त्रणमा लिएर रिहा गरेको हो ।