INSEC Online

📅 २०८३ जेष्ठ २१

आचार संहिता उल्लङ्घनको आठ उजुरी

जिल्लामा आचार संहिता उल्लङ्घनका आठ ओटा घटनामा उजुरी परेको सार्वजनिक भएको छ ।

आचार संहितामा दल विषेशशलाई फाइदा पुग्ने गरी जननिर्वाचित व्यक्तिहरूले अभिव्यक्ति दिन नपाइने व्यवस्था भए पनि नीलकण्ठ नगरपालिका, थाक्रे, ज्वालामूखी, त्रिपुरासुन्दरी गाउँपालिका प्रमुखहरूले निर्वाचनको प्रचारप्रसार गरिरहेको भन्दै जिल्ला निर्वाचन कार्यालयमा उजुरी परेको छ ।

यसैगरी शिक्षकहरू चुनावी प्रचार प्रसारमा लागेको र जनतालाई सामाजिक सञ्जालबाट प्रभावित पार्नेगरी प्रचार प्रसार गरिरहेको भन्दै उजुरी परेको प्रमुख निर्वाचन अधिकृत स्वीकृति पराजुलीले बताउनु भयो ।

नर्वाचन नजिकिएसँगै राजनितिक पार्टीले जित्ने, जितेपछि आफूहरूले विकास योजना दिने, अमुुक राजनितिक पार्टीलाई जिताउन आग्रह गरिरहनु भएको छ । चुनावलाई प्रभाव पार्नेगरी जनप्रतिनिधिले पार्टी प्रवेश समेत गराएको बुझिएको छ ।

धादिङबेसीमा आयोजित उम्मेदवारहरू समेत सहभागी सर्वदलीय बैठकलाई सम्बोधन गर्दै पराजुलीले आठ ओटा आचारसंहिता उल्लङ्घनका उजुरी आएको बताउनु भयो ।

अधिकांश उजुरी शिक्षकहरूले निर्वाचन आचारसंहिता विपरीत प्रचारप्रसार गरेको, जनप्रनिधिहरूले निर्वाचनमा प्रभावपार्ने गतिविधि गरेको उजुरी परेको हो ।

थाक्रे गाउँपालिकाले विभिन्न योजनाहरूको सम्झौता गर्नका लागि सूचना नै जारी गरेर आचारसंहिताको उल्लङ्घन गरेको सर्वदलिय बैठकमा स्वतन्त्र उम्मेदवारहरूले मौखिक उजुरी गरेका छन् ।

अन्य

भिडियो