दुई पक्षबिच भएको झडपमा हिंसा भड्किएपछि भङ्गाहा नगरपालिका क्षेत्रमा कात्तिक १० गतेदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी दिपककुमार पहाडीद्वारा जारी कर्फ्यु आदेशमा साम्प्रदायिक सद्भाव खलल पुग्ने गरी कात्तिक १० गते दुई पक्षबिच झडप भएको उल्लेख छ ।
हिंसा नियन्त्रणमा लिन र शान्ति सुरक्षा कायम गर्न जिल्ला प्रशासन कार्यालय महोत्तरीले कर्फ्यु आदेश जारी गरेको जनाएको छ ।
भङ्गहा नगरपालिका–८ को दक्षिणमा पररियाको सम्पूर्ण क्षेत्र, उत्तरपूर्वमा ब्रह्मस्थान पररिया, उत्तरमा धरमपुरभन्दा दक्षिण, पूर्वमा लोहारपट्टी नगरपालिका–१ मा पर्ने बगडाचोक, पश्चिममा इलाका प्रहरी कार्यालय लोहारपट्टीस्थित पुलसम्म प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो ।
अर्को आदेश जारी नभएसम्म कर्फ्यु जारी रहने सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले जानकारी दिनु भयो ।
स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले १२ राउण्ड हवाइ फायर समेत गर्नु परेको थियो । अहिले घटनास्थलमा ठूलो सङ्ख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।
