जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी वीरेन्द्रनगर नपा–१० का ३४ वर्षीय रामबहादुर खड्कालाई प्रहरीले गिरफ्तार गरेको छ ।
खड्कालाई खोजतलास गर्ने क्रममा कर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्खेत र जिल्ला प्रहरी कार्यालय, सुर्खेतबाट सादा पोसाकमा खटिएको संयुक्त प्रहरी टोलीले असोज ३० गते वीरेन्द्रनगर नपा–१० बाट गिरफ्तार गरेको हो ।
जिल्ला अदालत सुर्खेतको लगत नं. ७९१ मा जबरजस्ती करणी उद्योग मुद्दामा चार बर्ष कैद फैसला तोकिएपछि उनी फरार भएका थिए ।
खड्कालाई तालुक कर्णाली प्रदेश कार्यालयबाट खटिएको प्रदेश ब्युरोको प्रहरी टोलीले गिरफ्तार गरी आवश्यक कारबाहीका लागि सुर्खेत जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय, सुर्खेतका डीएसपी सुरज कार्कीले जानकारी दिनुभएको छ ।
१४ वर्षीया बालिकालाई ०६५ फागुन १४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले ०६५ चैत १८ गते प्रहरी कार्यालयमा उजुरी दिएका थिए । यस घटनाका सम्बन्धमा ०६९ चैत २० गते अदालतबाट फैसला भएको थियो ।