INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले हिलिहाङ गाउँपालिका–५ का २३ वर्षीय जहरमान सुहाङलाई असोज २६ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले असोज २४ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध असोज २६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि हिलिहाङ गाउँपालिका–५ बाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सन्तोष राईले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा असोज २६ गते गरिएको छ ।

अन्य

भिडियो