INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले चौदण्डीगढी नगरपालिका–९ का २२ वर्षीय दपर्ण चौधरीलाई असोज २३ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले असोज २३ गते बलत्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध सोही दिन इलाका प्रहरी कार्यालय बेल्टारमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी राकेशकुमार पोदारले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा असोज २४ गते गरिएको छ ।

अन्य

भिडियो