राष्ट्रिय जनता पार्टीले संविधान संशोधन नभए स्थानीय तहको दोस्रो चरणको निर्वाचन हुन नदिने भन्दै वैशाख २९ गते राजविराजमा विरोध र्याली तथा सभा गरेको छ ।

राजविराजस्थित हरिनन्देश्वर महादेव मन्दिर प्राङ्गणबाट निकालिएको विरोध र्याली नगर परिक्रमा पश्चात सहिद दशन चोकमा पुगी सभामा परिणत भएको थियो ।

आगामी वैशाख ३१ गते हुने पहिलो चरणको स्थानीय तह निर्वाचन बहिष्कार गरेको राजपाका नेताहरूले संविधान संशोधनलगायतका मागहरू पुरा नभए दोस्रो चरणको निर्वाचन हुन नदिने चेतावनी दिए ।