जिल्लाका ६८ मतदान केन्द्र सुरक्षाको दृष्टिकोणले अति सम्वेदनशील रहेको स्थानीय प्रशासनले जनाएको छ । २ सय ६० मतदान केन्द्रमध्ये ६८ ओटा अति सम्वेदनशील, १ सय ३३ सम्वेदनशील र १२ ओटा केन्द्र सामान्य रहेको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताए ।
मतदान केन्द्रलाई तीन भागमा विभाजन गरी सुरक्षा व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी बस्नेतले जानकारी दिए । ‘अति सम्वेदनशील र सम्वेदनशील केन्द्रको सुरक्षा चुनौति हेरेर हामीले सोही अनुसार सुरक्षाकर्मी परिचालन गरेका छौँ ।’-प्रमुख जिल्ला अधिकारी बस्नेतले भने ।
दलीय अस्वस्थ्य प्रतिस्पर्धा, दलीय विभाजनको वैमनस्यता, भौगोलिक विकटता र यस अघिका निर्वाचनमा देखिएका घटनालाई हेरेर सम्वेदनशील, अति सम्वेदनशील र सामान्य गरी केन्द्र छुट्याइएको प्रशासनको भनाइ छ ।
जिल्लामा निर्वाचनका लागि जनपथ प्रहरी, म्यादी प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका करिब ३ हजार ५ सय सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रशासन कार्यलय गोरखाले जनाएको छ ।