INSEC Online

📅 २०८३ जेष्ठ २२

प्रदेश १, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन ०७९– प्रतिनिधिसभाका लागि चार सय बढी उम्मेदवार

आगामी मङ्सिर ४ गतेका लागि तय गरिएको प्रदेशसभा र प्रतिनिधिसभा सदस्य पदका लागि असोज २३ गते मनोनयन दर्ता गराएकाहरूमध्ये निर्वाचन आयोगले उम्मेदवार कायम रहेकाहरूको अन्तिम नामावली असोज २६ गते प्रकाशन गरेको छ ।

प्रदेश १ मा निर्वाचन क्षेत्र प्रदेशसभातर्फ ५६ र प्रतिनिधिसभातर्फ २८ छन् । मङ्सिर ४ गतेको निर्वाचनबाट प्रदेश १ मा प्रत्यक्षतर्फ ५६ र समानुपातिकतर्फ ३७ जना गरी ९३ जना सांसद निर्वाचन हुने छन् ।

photo 20220909 Morang

ताप्लेजुङ प्रतिनिधि देवराज गुरुङका अनुसार जिल्लामा प्रतिनिधिसभाका लागि ११ जना, प्रदेश क मा आठ जना र प्रदेश ख मा सात जना उम्मेदवार कायम रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रतिनिधिसभा निर्वाचन क्षेत्रका लागि जिल्लामा ११ जना उमेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले जारी गरेको सूचनामा प्रतिनिभिमा ११ जना, प्रदेश क मा आठ जना र प्रदेश ख मा सात जना उमेदवारको अन्तिम नामावली प्रकाशन गरिएको मुख्य निर्वाचन अधिकृत निर्मला योङयाले हस्ताक्षर गरेको सूचनामा उल्लेख छ । प्रतिनिधिसभाका लागि एमालेका योगेश कुमार भट्टराईसहित नेकपा माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्री (गठबन्धन दल) राष्ट्रिय प्रजातन्त्र पार्टीका रामबहादुर कार्की छन् । राष्ट्रिय जनमुक्ती पार्टीका इन्द्रकुमार थलङ्,जनसमाजवादी पार्टीका कृष्णबहादुर लिम्बु,जनता समाजवादी पार्टी नेपालका चन्द्र मादेन,लोकतान्त्रिक समाजवादी पार्टीका चैतन्य प्रकाश केदेम, मङ्गगोल नेशनल अर्गनाइजेशनका विक्रम लिम्बु र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका होमप्रसाद तुम्बाहाम्फे रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सञ्जु कुमार पालुङवा र हरिप्रसाद बराल स्वतन्त्र उमेदवार कायम भएका छन् । प्रदेश क मा नेपाल कम्युनिष्ट पार्टी, एकीकृत समाजावादीका खेमबहादुर वनेम, राष्ट्रिय प्रजातन्त्र पार्टीका चन्द्रबहादुर थापा, एमालेका तिलकुमार मेन्याङ्बो, मंगोल नेशनल अर्गनाइजेशनका नेत्रप्रसाद ताम्लिङ, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका भुपेन्द्र मावो, राष्ट्रिय जनमुक्ती पार्टीका मोतीलाल लिम्बू र जनता समाजवादी पार्टीका यूगराज गुरुङको उम्मेदवारी कायम भएको छ । प्रदेश क मा मीनाकुमारी गुरुङ स्वतन्त्र उम्मेदवार रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रदेश ख मा नेपाली कांग्रेसका खगेनसिंह हाङगाम, एमालेका गोपाल थोप्रा,जनता समाजवादी पार्टी नेपालका नविन लिम्बु,सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका मुक्साम लाबुङ लिम्बु,राष्ट्रिय जनमुक्ती पार्टीका यामकुमार आङवुहाङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका ललितकुमार लिम्बु, र मङ्गोल नेशनल अर्गनाइजेशनका सन्तबहादुर लिम्बूको उम्मेदवारी कायम भएको छ ।

सङ्खुवासभा प्रतिनिधि भविन कार्कीका अनुसार आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि प्रदेश तथा प्रतिनिधिसभा सदस्यका लागि २९ जना उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ । जिल्लामा प्रतिनिधिसभा एक र प्रदेशसभा निर्वाचन क्षेत्र दुई ओटा छन् । प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमालेका तर्फबाट राजेन्द्र प्रसाद गौतम, गठबन्धन दलको तर्फबाट नेपाली कांग्रेसको दिपक खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीबाट भक्त नारायण श्रेष्ठ, मंगोल नेशनल पार्टीबाट देबेन्द्र कुमार घले र राष्ट्रिय जनमुक्ती पार्टीबाट कृष्णकुमार राईको अन्तिम नामावली प्रकाशन भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट टिकाराम शाही, जनता समाजवादी पार्टीबाट दिपक कुमार राई, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भोलामान कार्की, नेशनलिष्ट पिपल्स पार्टीबाट विनोद घिमिरे र संघीय लोकतान्त्रीक राष्ट्रिय मञ्चबाट राजकुमार लिम्बु, स्वतन्त्र तर्फबाट प्रविन कार्की र तेन्जी भोटियाको नामावली प्रकाशन गरिएको मुख्य निर्वाचन अधिकृत टेकनाथ गौतमले जानकारी दिनुभयो । जिल्लामा प्रदेशसभा निर्वाचन क्षेत्र दुई ओटा छन् । प्रदेशसभा (१) प्रदेश सदस्यका लागि गठबन्धन दलका तर्फबाट माओवादी केन्द्रबाट राजेन्द्र कार्की, नेकपा एमालेबाट भविश्वर गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट घामसिंह राई र जनता समाजवादी पार्टी नेपालबाट सीताराम तिम्सिना,राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रमोद श्रेष्ठ र नेशनलिष्ट पिपल्स पार्टीबाट मिनेश कुमार श्रेष्ठ र स्वतन्त्र तर्फबाट बिरेन्द्र कुमार राईको नामावली प्रकाशन भएको छ । प्रदेशसभा (२) प्रदेशसभा सदस्यका लागि गठबन्धन तर्फबाट नेकपा एकीकृत समाजवादीकी सरिता थापा, नेकपा एमालेका तर्फबाट बिदुरकुमार लिङ्थेप, मंगोल नेशनल पार्टीबाट माया गुरुङ र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट पदम बहादुर जोशी, जनता समाजवादी पार्टीबाट पुर्ण शेर्पा, संघीय लोकतान्त्रीक राष्ट्रिय मञ्चबाट ङिमा रिञ्जी शेर्पा र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गोपालप्रसाद दाहाल, स्वतन्त्र तर्फ मानबहादुर कार्की र छिरिङ शेर्पाको नामावली प्रशासन भएको छ ।  जिल्लामा १ लाख १६ हजार ५ सय ५४ मतदाता रहेका छन् ।

सोलुखुम्बु प्रतिनिधि अञ्जु कार्कीका अनुसार जिल्लामा प्रतिनिधिसभा सदस्यका लागि आठ जना, प्रदेशसभा ’क’ का लागि ६ जना र ’ख’ का लागि ६ जना गरी २० जना उम्मेदवार कायम भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले असोज २६ गते प्रकाशन गरेको अन्तिम नामवाली अनुसार जिल्लामा २० जना उम्मेदवार कायम भएका छन् । प्रदेश सभा ’क’ मा सात जनाको उम्मेदवारी परेकोमा नेकपा एकीकृत समाजवादीका भीमकुमार शर्माले उम्मेदवारी फिर्ता लिएसँगै उम्मेदवार २० जना कायम भएको सहायक निर्वाचन अधिकृत नगेन्द्रकुमार कालाखेतीले बताउनु भयो । प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमालेका मानवीर राई र पाँचदलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका बलबहादुर केसीले उम्मेदवारी रहनु भएको छ । नेपाल मजदुर किसान पार्टीका तारानाथ जमरकट्टेल, जनता समाजबादी पार्टीका लाक्पा शेर्पा, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका लह्मु शेर्पा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ज्ञानेन्द्रबहादुर बस्नेत,नेकपा मालेका बिष्णु बास्तोला र नेशनल मंगोल अर्गनाइजेसनका सौबी राईको प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी कायम भएको छ । प्रदेशसभा सदस्यका लागि नेकपा एमालेका तर्फबाट निर्वाचन क्षेत्र ’क’ मा उत्तमकुमार बस्नेत र ’ख’ मा बुद्धिकुमार राजभण्डारीले उम्मेदवारी छ । प्रदेश निर्वाचन क्षेत्र ’क’ मा नेकपा माओवादी केन्द्रले गोम्बु शेर्पा, राप्रपाबाट नरबहादुर बस्नेत, नेमकिपाका कमलबहादुर मगर, जसपाका भक्तबहादुर राई र ’मंगोल नेशनल अर्गनाइजेसनका खेमकुमार राईको उम्मेदवारी कायम भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रदेश निर्वाचन क्षेत्र ’ख’ बाट माओवादी केन्द्रबाट शिबकुमार बस्नेत,राप्रपाबाट प्रेमहरी दाहाल, नेमकिपाबाट कमलबहादुर मगर, जसपाबाट महेशकुमार रानामगर र मंगोल नेशनल अर्गनाइजेसनबाट शान्तिमाया रानामगरको उम्मेदवारी कायम भएको छ । जिल्लामा १ सय २२ मतदानस्थल र १ सय ३४ मतदान केन्द्र निर्धारण गरिएको छ ।

ओखलढुङ्गा प्रतिनिधि सरस्वती बानियाका अनुसार जिल्लामा प्रतिनिधिसभा सदस्यका लागि आठ जना, प्रदेशसभा निर्वाचन क्षेत्र नं. १ का लागि पाँच जना र प्रदेशसभा निर्वाचन क्षेत्र नं.२ का लागि सात जनाको उम्मेदवारको अन्तिम नामावली निर्वाचन अधिृकतको कार्यालयले प्रकाशन गरेको छ । प्रतिनिधिसभा सदस्यमामा नेपाल मजदुर किसान पार्टीबाट कुमार तामाङ,सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट ङिमालमु शेर्पा, जनता समाजवादी पार्टीबाट जुद्धवहादुर राई, राष्ट्रिय प्रजातन्त्रबाट डिकप्रसाद वास्तोला, नेकपा एमालेबाट यज्ञराज सुनुवार, नेपाली कांग्रेसबाट रामहरी खतिवडा, मंगोल नेशनल अर्गनाईजेसनबाट विर्जवहादुर मगर र राष्ट्रिय स्वतन्त्र पार्टीबाट शोभा कार्कीको उम्मेदवारी कायम भएको निर्वाचन अधिकृत प्रेमप्रसाद न्यौपानेले बताउनु भयो । प्रदेशसभा निर्वाचन क्षेत्र नं. १ का लागि नेकपा एमालेबाट अम्विरबाबु गुरुङ, जनता समाजवादीबाट खेमराज खड्का, नेपाल मजदुर किसान पार्टीबाट नवराज खत्री,नेपाली कांग्रेसबाट प्रदीपकुमार सुनुवार र मङ्गोल नेशनल अर्गनाईजेसनबाट लाक्पा शेर्पाको अन्तिम नामावली प्रकाशन गरिएको छ । प्रदेशसभा निर्वाचन क्षेत्र नं. २ मा स्वतन्त्रबाट टङ्कनाथ अधिकारी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पुष्पराज पोखरेल, नेकपा माओवादी केन्द्रबाट बाबुराम गौतम, मङ्गोल नेशनल अर्गनाईजेशनबाट बुद्धिमान राई, जनता समाजवादी पार्टी नेपालबाट शान्तबहादुर घताल, हाम्रो नेपाली पार्टीबाट हिराबहादुर कट्वाल र नेकपा एमालेबाट ज्ञानबहादुर खड्काको नाम सार्वजनिक गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि असोज २३ गते मनोनयन दर्ता गराएकामध्ये पाँच जनाले उम्मेदवारी फिर्ता लिएका छन् । नेकपा एकीकृत समाजवादीका तीन, राप्रपाका एक र स्वतन्त्र एक गरी पाँच जनाले मनोनयन फिर्ता लिएको निर्वाचन अधिृतकको कार्यालयले जनाएको छ ।

खोटाङ प्रतिनिधि तारानाथ फुयलका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि २२ जना उम्मेदवारको अन्तिम नामावली निर्वाचन अधिकृतको कार्यालयले प्रकाशन गरेको छ । प्रतिनिधिका लागि आठ जना, प्रदेशसभा क का लागि आठ र ख का लागि ६ जना उम्मेदवारको नामावली प्रकाशन गरिएको मुख्य निर्वाचन अधिकृत सुवासबाबु पुरीले बताउनु भयो । असोज २३ गते प्रतिनिधिसभाका लागि नौ जनाको मनोनयन दर्ता भएकामा नेपाली कांग्रेसका नेता सर्वधन राईले दिएको स्वतन्त्र मनोनयन फिर्ता लिएसँगै आठ जनाको नामावली प्रकाशन गरिएको निर्वाचन अधिकृत पुरीले बताउनु भयो । जिल्लामा प्रतिनिधिसभाका लागि गठबन्धनबाट (माओवादी केन्द्र) का रामकुमार राई, नेकपा एमालेबाट विशाल भट्टराई, जनता समाजवादी पार्टीबाट डा.कृष्णकुमार राई, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सर्जु श्रेष्ठ, नेपाल मजदुर किसान पार्टीबाट भोजराज बस्नेत, मङ्गोल नेशनल अर्गनाइजेशन पार्टीबाट दीपक मगर, आमुल परिवर्तन मसिहा पार्टीबाट चन्द्रमणि राई र स्वतन्त्रबाट जयन्द्रकुमार राईको उम्मेदवारी कायम भएको सहायक निवार्चन अधिकृत रामाकान्त यादवले बताउनु भयो । प्रदेशसभा ‘क’ मा नौ जनाको उम्मेदवारी कायम भएको छ । प्रदेशसभा ‘ख’ मा ६ जनाको मनोनयन दर्ता भएकोमा ६ जनाकै उम्मेदवारी कायम भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

तेह्रथुम प्रतिनिधि सुरेश खत्रीका अनुसार आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि प्रदेश तथा प्रतिनिधिसभा सदस्यका लागि २६ जना उम्मेदवारको अन्तिम नामवली प्रकाश गरिएको छ । जिल्लामा प्रतिनिधिसभा एक र  प्रदेशसभा निर्वाचन क्षेत्र दुई ओटा छन् । प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमालेका तर्फबाट बिजय सुब्बा  गठबन्धन तलको तर्फबाट नेपाली कांग्रेसको सिता गुरुङ राष्ट्रिय प्रजातन्त्र पार्टीका  राम गौतम स्वतन्त्र शुसन चोङवाङ लिम्बू राष्ट्रिय प्रजातन्त्र पार्टी  नेपाल गौरी प्रसाद कन्दङवा , जनता समाजवादी पार्टी नेपालका  नारायण मान गुरुङ , सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका विष्णु कुमार चाङवाङ , नेपाल कम्युनिष्ट पार्टी ( पुष्पलाल ­) टंक प्राद भटाराई राष्ट्रिय जनमुक्ती पार्टीका  राजेन्द्र कुमार लिम्बू , मंगोल नेशनल अर्गनाइजेशनका  गंगा वहादुर चोङवाङ् लिम्बूको उम्मेदवारी कायम भएको छ । प्रदेश क मा  नेकपा एमालेका तर्फबाट किशोर चन्द्र दुलाल , गठबन्धन तलको तर्फबाट नेपाली कांग्रेसको सन्तोष सुब्वा , राष्ट्रिय प्रजातन्त्र पार्टीका  घनश्याम खत्री , स्वतन्त्र शुसन खगेन्द्र कटुवाल ,  राष्ट्रिय प्रजातन्त्र पार्टी  नेपाल चन्द बहादुर विशोकर्मा , जनता समाजवादी पार्टी नेपालका  सूर्य वहादुर लिम्बू , सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका   दिल कुमार सांवा ,  मंगोल नेशनल अर्गनाइजेशनका  क्षितिज लिम्बू लोकतान्त्रिक समाजवादी पार्टी ,नेपाल दिल बहादुर चोङवमङ उम्मेदवारी कायम भएको छ । प्रदेश ख मा  नेकपा एमालेका तर्फबाट किशोर तेजमान कन्दङवा , गठबन्धन तलको तर्फबाट माओवादी केन्द्रबाट  दुर्गा प्रसाद चापागाई , राष्ट्रिय प्रजातन्त्र पार्टीका  धनराज कन्दङवा  , राष्ट्रिय प्रजातन्त्र पार्टी  नेपाल वम वहादुर  लिम्बू  , सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका   शेर बहादुर ईङनाम, मंगोल नेशनल अर्गनाइजेशनका  सुनिल कनदङवा, स्वतन्त्र मानध्वज इस्वोको उम्मेदवारी कायम भएको छ ।

भोजपुर प्रतिनिधि गणेश विष्टका अनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालय जिल्लामा प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तीन जना स्वतन्त्रसहित १२ जना उम्मेदवारबिच चुनावी प्रतिष्पर्धा हुने भएको छ । प्रदेश (क) मा  एक जना स्वतन्त्रसहित सात जना र प्रदेश (ख) मा एक जना स्वतन्त्रसहित ६ जना गरी २५ जना उम्मेदवारको टुङ्गो लागेको सहायक निर्वाचन अधिकृत नवराज कार्कीले बताउनु भयो । असोज २३ गते मनोनयन दर्ता गराएका उम्मेदवारहरू विरूद्ध निर्वाचन आयोगले तोकेको समयसम्म कुनै पनि दावी विरोध नपरेको तथा कुनै पनि उम्मेदवारले मनोनयन फिर्ता नलिएकाले सवैको नामावाली प्रकाशन गरिएको सहायक निर्वाचन अधिकृत कार्कीले बताउनु भयो । स्वतन्त्र उम्मेदवारहरू निर्वाचन अधिकृतको कार्यालयले असोज २६ गते चुनाव चिन्हृ प्रदान गरेको छ । जिल्लामा प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्य एक र प्रदेशसभा सदस्यका लागि दुई ओटा निर्वाचन क्षेत्र छन् ।

धनकुटा प्रतिनिधि ईश्वर थापाका अनुसार जिल्लामा तीन जना स्वतन्त्रले मनोनयन फिर्ता लिएका छन् । प्रतिनिधिसभामा राप्रपा नेपालका अमुल राई र स्वतन्त्र उम्मेदवार गङ्गाराम गोम्देनले उम्मेदवारी फिर्ता लिनु भएको छ । प्रदेशसभा निर्वाचन क्षेत्र क मा राप्रपा नेपालका योगेन्द्र आलेले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । एक ओटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको जिल्लामा सात जनाको चुनावी प्रतिष्पर्धा हुने सहायक निर्वाचन अधिकृत राजन बास्तोलाले बताउनु भयो । गठबन्धनका तर्फबाट नेपाली कांगे्रसका सुनिलबहादुर थापा, नेकपा एमालेका राजेन्द्र राई, राप्रपाका कुमारबहादुर थापा, मंगोल नेशनल अर्गनाइजेशनका विश्वमित्र लावती, सङ्घीय लोकतान्त्रिक मञ्चका आरामकुमार लिम्बू, एकीकृत शक्ति नेपालका रमेश राई र स्वतन्त्र उम्मेदवार हेमराज भण्डारीबिच प्रतिष्पर्धा हुने भएको छ । प्रदेशसभा निर्वाचन क्षेत्र क मा चार जना उम्मेदवार कायम भएका छन् । प्रदेश निर्वाचन क्षेत्र ख मा कसैले उम्मेदवारी फिर्ता नलिएका कारणले मनोनयन दर्ता गरएका सात जनाबिच नै चुनावी प्रतिष्पर्धा हुने भएको छ ।

पाँचथर प्रतिनिधि सहमान विश्वकर्माका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ३३ जना उम्मेदवारको अन्तिम नामावली निर्वाचन अधिकृतको कार्यालयले प्रकाशन गरेको छ । जिल्लामा प्रतिनिधिसभाका लागि १५ जना र प्रदेशसभाका लागि १८ जनाको उम्मेदवारी कायम रहेको मुख्य निर्वाचन अधिकृत टिकेन्द्र दाहालले बताउनु भयो । प्रतिनिधिसभाका लागि एक र प्रदेशसभाका लागि दुई ओटा निर्वाचन क्षेत्र रहेको जिल्लामा प्रदेश क मा १० र प्रदेश ख मा आठ जनाको उम्मेदवारी कायम रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । असोज २३ गते मनोनयन दर्ता भएका ३४ जना उम्मेदवारहरू मध्ये कुनैपनि उम्मेदवार उपर निर्धारित समय भित्र दावी बिरोधमा उजुरी परेको थिएन । असोज २६ गते प्रदेशसभा ख का स्वतन्त्र उम्मेदवार खड्गसुन्दर लावतीले उम्मेदवारी फिर्ता लिएको र बाँकी ३३ जना उम्मेदवार कायम रहेको मुख्य निर्वाचन अधिकृत टिकेन्द्र दाहालले बताउनु भयो । प्रतिनिधिसभाका लागि चार जना स्वतन्त्रसहित १५ जना, प्रदेशसभा क का लागि दुई जना स्वतन्त्रसहित १० जना, प्रदेशसभा ख का लागि आठ जना गरी जम्मा ३३ जनाको उम्मेदवारी टुङ्गो लागेको छ । अन्तिम नामावली प्रकाशन भएकाहरूमा प्रदेशसभा क मा स्वतन्त्रबाट एक जना र प्रदेश सभा ख मा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट एक जना गरी दुई जना मात्र महिला उम्मेदवार रहेका छन् ।

इलाम प्रतिनिधि बविता मैनालीका अनुसार जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पाँच जनास्वतन्त्रसहित ५४ जना उम्मेदवारको टुङ्गो लागेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रतिनिधिसभा निर्वाचनका लागि २५ जना र प्रदेशसभाका लागि २९ जना गरी ५४ जनाले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । दुई ओटा निर्वाचन क्षेत्र रहेको जिल्लामा प्रतिनिधिसभा सदस्यका लागि क्षेत्र नम्बर १ मा ११ जना र २ मा १४ जनाले अन्तिम उम्मेदवार भएका छन् । प्रदेशसभा सदस्यका लागि क्षेत्र नम्बर १ (क) मा आठ जना, १ (ख) मा ६ जना २ (क) मा सात जना र २ (ख) मा सात जनाले राजनीतिक दलबाट मनोनयन दर्ता गराएका  छन । एक जनाले स्वतन्त्र गरी आठ जनाले मनोनयन दर्ता गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

झापा प्रतिनिधि नरेश खातीका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्लामा १ सय ७७ जना उम्मेदवारको अन्तिम नामावली निर्वाचन अधिकृतको कार्यालयले प्रकाशन गरेको छ । प्रतिनिधिसभाका लागि असोज २३ गते मनोनयन दर्ता गराएका ९४ जनामध्ये सात जना र प्रदेशसभाका लागि मनोनयन दर्ताका गराएका ९८ जनामध्ये आठ जनाले मनोनयन फिर्ता लिएका छन् । पाँच ओटा निर्वाचन क्षेत्रमा शान्तिपूर्ण ढङ्गमा अन्तिम नामावली प्रकाशन गरिएको जिल्ला निर्वाचन अधिकृत तुलसी नेपालले बताउनु भएको छ ।

मोरङ प्रतिनिधि विनोद सुवेदीका अनुसार सबै भन्दा धेरै निर्वाचन क्षेत्र रहेको जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि २ सय १४ जना उम्मेदवार कायम रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । असोज २३ गते जिल्लमा मनोनयन दर्ता गराएकामध्ये ११ जनाले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेमकुमार बुढाथोकीले बताउनु भयो । सूचना अधिकारी बभुढाथोकीका क्षेत्र न. १ बाट दुई जना, क्षेत्र न. ३ बाट दुई जना, क्षेत्र न. ४ बाट दुई जना, क्षेत्र न. ५ बाट एक जना र क्षेत्र न. ६ बाट चार जनाले उम्मेदवारी फिर्ता लिएका छन् । क्षेत्र न.१ मा प्रतिनिधिसभाका लागि स्वतन्त्र उम्मेदवार सुजाता थापा, प्रदेशसभाका डिल्लीराम अधिकारी, क्षेत्र न. ३ मा प्रदेशसभाका स्वतन्त्र उम्मेदवार कञ्चनकुमार बुढाथोकी र तिलकप्रसाद राईले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाच अधिकृतको कार्यालयले जनाएको छ । क्षेत्र न.४ मा प्रतिनिधिसभाका लागि स्वतन्त्रबाट गोकुलप्रसाद पोखरेल, प्रदेशसभाका लागि नेकपा एकीकृत समाजवादीबाट महेश रेग्मी, क्षेत्र न. ५ मा प्रदेशसभाका लागिस्वतन्त्रबाट भूराज राईको उम्मेदवारी कायम भएको छ । क्षेत्र न. ६ मा प्रतिनिधिसभातर्फ लोकतान्त्रिक समाजवादी पार्टीका राजु मण्डल, प्रदेशसभातर्फ नेकपा एकीकृत समाजवादीका ओसिम आलम, स्वतन्त्र उम्मेदवार सुरेशकुमार श्रेष्ठ र जीवनकुमार गुप्ताले उम्मेदवारी फिर्ता लिएका छन् । मोरङमा २ सय २७ जनाले मनोनयन दर्ता गराएका थिए । जसमा दुई जनाको उम्मेदवारी खारेज भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

सुनसरी प्रतिनिधि जयकृष्ण यादवका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि असोज २३ गते मनोनयन दर्ता गराएका २ सय १३ जनामध्ये आठ जनाले मनोनयन फिर्ता लिएका छन् । जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभाका लागि २ सय ५ जना उम्मेदवारको टुङ्गो लागेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि जिल्लामा राजनीतिक दल र स्वतन्त्रबाट मनोनयन दर्ता गराएकामध्ये स्वतन्त्रबाट आठ जनाले मनोनयन फिर्ता लिएको मूख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रतिनिधिसभाका चार ओटा क्षेत्रका ९५ जनाले मनोनयन दर्ता गराएका थिए । जसमध्ये निर्वाचन क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवार कपिलेश्वर यादव र आठ वटा प्रदेश सभासदस्यका लागि १ सय १८ जनाले मनोनयन दर्ता गराएकामा निर्वाचन क्षेत्र नम्बर १ (क) बाट पासाङ डोल्मा गुरुङ्ग, निर्वाचन क्षेत्र नम्बर १(ख) बाट कमलबहादुर बस्नेत, निर्वाचन क्षेत्र नम्बर २ (क) बाट अनिता बस्नेत र बद्री नारायण चौधरी, निर्वाचन क्षेत्र नम्बर ३ (ख) बाट गोविन्द्र प्रसाद घिमिरे, निर्वाचन क्षेत्र नम्बर ४ (क) बाट सविता यादव र क्षेत्र ४ (ख) बाट दिपक कटुवालले मनोनयन फिर्ता लिएका छन् । आठ जनाले मनोनयन दर्ता फिर्ता लिएको मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले बताउनु भयो । मनोनयन फिर्ता लिने बाहेकका सबै उम्मेदवारलाई निर्वाचन चिन्ह वितरण गरिएको निर्वाचन अधिकृत अधिकारीले बताउनु भएको छ ।

उदयपुर प्रतिनिधि राकेश नेपालीका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका मनोनयन दर्ता गराएकाहरूको अन्तिम नामावली जिल्ला निर्वाचन कार्यालयले प्रकाशन गरेको छ । प्रतिनिधिसभा दुई र प्रदेशसभा चार रहेको जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालयले ६२ जना उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ । जसअनुसार प्रतिनिधिसभा १ मा १६ जना, प्रदेशसभा १ को (क) मा ११ जना र प्रदेशसभा १ (ख) मा १२ जना उम्मेदवार कायम भएका छन् । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ मा १२ जना, प्रदेशसभा २ (क) मा पाँच जना र प्रदेशसभा २ (ख) मा ६ जना उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिएको मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदीले बताउनु भयो । प्रदेशसभा १ (ख) का स्वतन्त्रमा मनोनयन दर्ता गराएका बासुदेव उपाध्याय पोखरेल र प्रदेशसभा २ (ख) बाट काङ्ग्रेसका बागी उम्मेदवार हेमराज दाहालले मनोनयन फिर्ता लिएका छन् । जिल्लामा ६२ जना उम्मेदवारमध्ये चार जना मात्रै महिला छन् । नेकपा एमालेको तर्फबाट प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ मा मञ्जुकुमारी चौधरी, प्रदेशसभा १ (क) मा सचेत नेपाली पार्टीबाट कल्पना साटकोटा, प्रतिनिधिसभा क्षेत्र नं. २ मा जनजागरण पार्टीबाट बिन्दाकुमारी कटुवाल र प्रदेशसभा २ (ख) मा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट माला तामाङको उम्मेदवारी कायम छ । प्रतिनिधिसभा क्षेत्र नं. १ नेपाली काङ्ग्रेसका डा.नारायण खड्का र नेकपा एमालेकी मञ्जु कुमारी चौधरीको उम्मेदवारी कामय छ ।  निर्वाचन क्षेत्र नं. २ मा नेकपा एमालेका अमरबहादुर रायमाझी, गठबन्धन (नेकपा एस) का जगन्नाथ खतिवडा र काङ्ग्रेसबाट बागी उम्मेदवार रामकुमार राईको उम्मेदवारी कायम रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । प्रदेशसभा निर्वाचन क्षेत्र नं. १ (क) मा नेकपा माओवादी केन्द्रका राजन किराँती (बासु) र नेकपा एमालेका कुशलबाबु बस्नेतको उम्मेदवारी छ । प्रदेशसभा १ (ख) मा नेकपा एमालेका ईश्वरमणी राउत र नेपाली काङ्ग्रेसका हिमाल कार्की उम्मेदवार भएका छन् । प्रदेशसभा २ (क) मा नेकपा एमालेका देवराज राई र नेकपा माओवादी केन्द्रका नारायणबहादुर मगर उम्मेदवार कायम भएका छन् । प्रदेशसभा २ (ख) मा नेकपा एमालेका जीवनाथ दाहाल र नेपाली काङ्ग्रेसका रामकुमार खत्रीको उम्मेदवारीरहेको निर्वाचन अधिकृत जीवनकुमार भण्डारीले बताउनु भएको छ । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ मा १ सय ५३ र क्षेत्र नं. २ मा १ सय ११ गरी जिल्लामा १ सय ६४ ओट मतदान केन्द्र छन् । निर्वाचन क्षेत्र नं. १ मा ५१ र क्षेत्र नं. २ मा ५० गरी १ सय १ ओटा मतदान स्थल रहेको मुख्य निवाृचन अधिकृत कृष्णप्रसाद सुवेदीले बताउनु भएको छ ।

अन्य

भिडियो