INSEC Online

📅 २०८३ जेष्ठ २१

निर्वाचनका सुरक्षाका बारेमा छलफल

राष्ट्रिय मानव अधिकार आयोगले निर्वाचनको सुरक्षा व्यवस्थाको तयारीका सम्बन्धमा वैशाख २९ गते गृह सचिव लोकदर्शन रेग्मीसँग छलफल गरेको छ ।

सो अवसरमा आयोगका अध्यक्ष अनुपराज शर्माले निर्वाचन शान्तिपूर्ण तथा मानव अधिकारमैत्री बनाउन सुरक्षा निकायको भूमिका महत्वपूर्ण हुने भएकाले सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृहसचिव रेग्मीलाई आग्रह गर्दै मतदाताहरू सुरक्षा व्यवस्थाप्रति आश्वस्त हुन सके मात्र मतदान प्रक्रिया विश्वसनीय र सफल हुने बताएको आयोगले जनजाएको छ । गृहसचिव रेग्मीले निर्वाचन सुरक्षा व्यवस्था मानव अधिकारको प्रत्याभूति हुने ढङ्गबाट गरिएको बताए ।

अन्य

भिडियो