INSEC Online

📅 २०८३ जेष्ठ २१

माओवादी केन्द्र र नयाँ शक्तिबिच झडप, एक जना घाइते

लखन गाउँपालिका-९ नाम्जुङ गुठेघारामा निर्वाचन प्रचारमा रहेका माओवादी केन्द्रका कार्यकर्ता र नयाँ शक्तिका कार्यकर्ताबिच झडप हुँदा एक जना घाइते भएका छन् ।

वैशाख २८ गते राति आठ बजेतिर भएको झडपमा नाम्जुङ-९ का नयाँ शक्ति पार्टीका कार्यकर्ता ३६ वर्षीय अर्जुन श्रेष्ठ घाइते भएका हुन् । श्रेष्ठ सामान्य उपचार पश्चात् घर फर्किएका छन् ।

निर्वाचन प्रचारप्रसारका क्रममा माओवादी केन्द्रका कार्यकर्ताले आफुहरूलाई आक्रमण गरेको नयाँ शक्तिका वडा अध्यक्ष उम्मेदवार रामकुमार श्रेष्ठको भनाइ छ । माओवादी केन्द्रले भने नयाँ शक्ति पहिले आक्रमणमा उत्रेको आरोप लगाएको छ ।

सामान्य भनाभन हुँदा नयाँ शक्तिका कार्यकर्ताले हात छोडेपछि कुटाकुट भएको माओवादी केन्द्रका खड्क श्रेष्ठले बताएका छन् । जिल्ला प्रहरी कार्यालय गोरखाले भने सो घटना सामान्य भएको बताउँदै विस्तृत विवरण नआएको जनाएको छ ।

अन्य

भिडियो