नेकपा (एमाले)ले आफूले चुनाव प्रचारका लागि बनाएका विभिन्न विद्युतीय प्रचार सामग्रीलाई सामाजिक सञ्जालको दुरुपयोग गरी तिनका वास्तविक प्रतिलाई भ्रामक शैलीमा तोडमोड गरिएको भनी आपत्ति जनाएको छ ।
प्रतिलिपि अधिकारको उल्लङ्घन हुने गरी व्यक्तिरसंस्थाको मानमर्दन गर्न सामाजिक सञ्जालको चरम दुरुपयोग गरिएको एमालेले जनाएको छ ।
एमालेका सचिव योगेश भट्टराईले वैशाख २८ गते जारी गरेको विज्ञप्तिमा दोषीको पहिचान गरी आवश्यक कानुनी कारबाहीका निम्ति सरकारसँग माग गरिएको राससले जनाएको छ ।