मानव अधिकारको उपभोग गर्न पाउनु लोकतन्त्रको सुन्दर पक्ष भएको पञ्चपुरी नगरपालिकाका नगर प्रमुख लालबिर भण्डारीले बताउनुभएको छ ।
इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेतको आयोजनामा ०७९ असोज ११ गते परियोजना परिचय तथा मानव अधिकार समूह गठन कार्यक्रममा बोल्दै नगर प्रमुख भण्डारीले मानव अधिकारको संरक्षण तथा सम्वद्र्धनका लागि पञ्चपुरी नगरपालिकाले इन्सेकसँग समन्वय र सहकार्य गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।
इन्सेकबाट संचालित कार्यक्रमबाट पञ्चपुरी नगरपालिकामा मानव अधिकारको संरक्षण हुनेछ भन्ने विश्वस्त भएको नगरप्रमुख भण्डारीले बताउनु भएको छ ।
यस्तै कार्यक्रमको उद्देश्य, इन्सेकको परिचय र परियोजनाको बारेमा इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेतका फोकल पर्सन दुर्गा थापाले प्रकाश पार्नु भएको थियो ।
कार्यक्रमका पञ्चपुरी नगरपालिकाका उपप्रमुख मुक्तिदेवी रेग्मी, विद्या ज्योति मा.वि. बाबियाचौरका प्रद्यानाध्यापक कृष्णप्रसाद सापकोटा, सूर्यदया मा.वि. सालकोटका धनिराम वि.क., पञ्चपुरी नगरपालिकाका वडा नं २, ३, ४, ५, ६, ७, र ९ का अध्यक्ष क्रमश यामबहादुर विसी, बलबहादुर रोकाय, रामप्रसाद अधिकारी, नगेन्द्र बहादुर शाही, नरबहादुर सिजाली, खिमबहादुर बयक क्षेत्री, पूर्णप्रसाद घिमिरे र कार्यपालिका सदस्यको पनि सहभागिता रहेको थियो ।
यस्तै यस कार्यक्रममा विभिन्न नागरिक समाज र विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि समेत सहभागी रहेका थिए ।
सोही कार्यक्रममा नगर स्तरीय ११ जनाको मानव अधिकार समूह गठन गरिएको कार्यक्रम फोकल पर्सन दुर्गा थापाले जानकारी दिनु भएको छ । समूहका सदस्यमा पदम सार्की, बिन्दु बुढा, कल्पना पुन, इन्द्रा वि.सी, विमला वि.क., धनरुपा वि.क, मोतीप्रसाद सापकोटा, अमर कार्की, रमेश ढुङगाना र गोरख वि.क. रहनु भएको छ । समितिको पहिलो बैठकले समूहको संयोजक चयन गर्ने योजना रहेको जिल्ला सहजकर्ता ललित विकले जानकारी दिनु भएको छ ।
कार्यक्रम संचालन इन्सेक सुर्खेत जिल्लाका सहजकर्ता ललिता विकले गर्नु भएको थियो ।

