INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा १२ वर्ष कैदको फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा अदालतले बिष्णुपुर गाउँपालिका–५ कट्टीका ३५ वर्षीय रहमुल मन्सुरीलाई असोज ५ गते १२ वर्ष कैद सजायको फैसला गरेको छ ।

जिल्ला न्यायाधीश लालकाजी श्रेष्ठको इजलाशले मन्सुरीलाई १२ वर्ष कैद र ५० हजार रुपियाँ पीडितलाई क्षतिपूर्ति भराउने फैसला गरेको अदालतका सूचना अधिकारी भरतमणि पोखरेलले जानकारी दिनु भयो ।

पोखरेलका अनुसार अदालतले मन्सुरीलाई फैजदारी कसुर पीडित राहत कोषमा १ हजार ८ सय रुपियाँ जम्मा गर्न समेत फैसला गरेको छ ।

घरमा कोही नभएका बेला ०७७ जेठ २६ गते मन्सुरले बलात्कार गरेको कारण बालिका गर्भवती भएको असोज २४ गते थाहा पाएको भन्दै पीडितकी सौतेनी आमाले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको थियो ।

पीडितका दाजुलाई आफूले नै रोजगारीका लागि भारतको दिल्ली लगेको र घटनाको जानकारी बाहिर दिएमा पीडितका दाजुलाई मारिदिने मन्सुरले धम्की दिएकाले घटनाबारे कसैलाई नभनेको पीडितले बताउनु भयो । पेट ठूलो भएको देखेर आमाले सोधपुछ गरेपछि मात्र घटनाबारे जानकारी दिएको पीडितले बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालयले ०७७ कात्तिक ४ गते उजुरी दर्ता गरी सोही दिन गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा स्वास्थ्य परीक्षण गरिएको थियो ।

बलात्कार घटनाको आरोपमा प्रहरीले मन्सुरलाई ०७७ फागुन २३ गते गिरफ्तार गरेको थियो । जिल्ला अदालतमा ०७७ चैत १३ गते अभियोजन पत्र दायर भएकोमा जिल्ला अदालतका न्यायाधीश प्रमेश पोखरेलको इजलाशबाट ०७७ चैत १८ गतेदेखि आरोपित पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा रहेको प्रहरीले जनायो ।

अन्य

भिडियो