INSEC Online

📅 २०८३ जेष्ठ २१

राजनीतिक दललाई “निर्वाचन बाल अधिकार अनुगमन समिति”को ध्यानाकर्षण

कास्कीमा गठित निर्वाचन बाल अधिकार अनुगमन समितिले निर्वाचन प्रचार-प्रसारमा बालबालिकाको प्रयोग भएको भन्दै विभिन्न राजनीतिक दललाई ध्यानाकर्षण गराएको छ ।

समितिले नेपाली काङ्ग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पार्टी कार्यलयमा वैशाख २७ गते पुगी राजनीतिक दललाई निर्वाचनमा बालबालिकाको प्रयोग नगर्न अनुरोध गरेको हो ।

यसअघि स्थानीय तहको निर्वाचन प्रचार-प्रसारमा बालबालिकाको प्रयोग नगर्ने प्रतिबद्धता राजनीतिक दलले जनाइसकेको भएपनि समितिको अनुगमनका क्रममा बालबालिकाको प्रयोग भएको देखिएकाले ध्यानाकर्षण गराइएको सो समितिले जनाएको छ ।

स्थानीय तहको निर्वाचनमा बालबालिकाको प्रयोग हुन नदिन वैशाख १३ गते गठन गरिएको सो समितिमा महिला तथा बालबालिका कार्यलय, केन्द्रीय बालकल्याण समिति, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), सिविनलगायत कास्कीमा बालबालिकाको क्षेत्रमा काम गर्ने २३ ओटा सरकारी तथा गैरसरकारी संस्था आबद्ध रहेका छन् ।

समितिले ‘निर्वाचनमा बालबालिकाको प्रयोग नगरौँ’ भन्ने सन्देश लेखिएका सूचना बोर्ड कास्कीका विभिन्न ठाउँहरूमा टाँस्ने, सम्बन्धित निकायको ध्यानाकर्षण गराउने र समय समयमा अनुगमन गर्ने काम गर्दै आएको छ ।

अन्य

भिडियो