भतरपुर महानगरपालिका–१७ गुञ्जनगरका ४ वर्षीया बालकलाई अपहरण गरेको आरोपमा भारत रहसी बस्ने ३८ वर्षीया अनिता पाललाई प्रहरीले ०७९ असोज ५ गते गिरफ्तार गरेको छ ।
पीडित बालकलाई घरबाट असोज ५ गते अपहरण गरेको भन्दै पीडितका आफन्तले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
बालक अपहरणको गरी लाँदै गरेको अवस्थामा आरोपित महिलालाई गिरफ्तार गरी अपहरण तथा शरीर बन्धक मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी विजयराज पाण्डितले जानकारी दिनुभयो ।
बालकको स्वास्थ्य अवस्था सामान्य रहेको र परिवारजनको जिम्मा लगाइएको डिएसपी पण्डितले बताउनु भयो ।