१४ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले फाकफोकथुम गाउँपालिका-६ का १८ वर्षीय उत्तम राईविरूद्ध वैशाख २८ गते जिल्ला अदालतमा जबरजस्ती करणीसम्बन्धी मुद्दा दर्ता गरेको छ ।
आरोपितले वैशाख २ गते बालिकामाथि बलात्कार गरेको भन्दै पीडितका आफन्तले वैशाख ५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
प्रहरीको खोजीपछि फरार रहेका राईलाई वैशाख २६ गते बेलुका गिरफ्तार गरिएको प्रहरीले जानकारी दिएको छ ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण वैशाख ५ गते नै जिल्ला अस्पताल इलाममा गरिएको डिएसपी महेन्द्रकुमार श्रेष्ठले बताए ।