आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १६ वर्षीय बालकलाई भदौ २९ गते घरबाटै गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले भदौ २६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले भदौ २९ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएका थिए ।
शौचालय जाने बेलामा आरोपितले नाली नजिक लगेर बलात्कार गरेको पीडितका बुवाले इन्सेक प्रतिनिधिलाई बताउनु भयो ।
उजुरीका आधारमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी ठगबहादुर केसीले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण भदौ २७ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको छ ।