२७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले धरान उपमहानगरपालिकाका–१ का २७ वर्षीय अनिष चौधरीलाई भदौ १९ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले भदौ १६ गते धम्की दिएर बलात्कार प्रयास गरेको आरोपमा पीडितले आरोपितविरूद्ध भदौ १९ गते इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएकी थिइन् ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर वुद्ध श्रेष्ठले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा भदौ १९ गते गरिएको छ ।