नेकपा एमालेले गल्छी गाउँपालिका-५ मा चुनावी प्रचारका लागि प्रयोग गरेको बा ४ ख ५००६ नम्बरको ट्रकमा वैशाख २७ गते बिहान नेकपा माओवादी केन्द्र र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरूले आगजनी गरेको सोही वडाका एमाले अध्यक्षका उम्मेद्वार प्रेम तामाङले आरोप लगाएका छन् ।
उनले आगजनीबाट ट्रक पूर्णरूपमा क्षति भएको समेत जानकारी दिए । घटनापछि सशस्त्र प्रहरीको टोली घटनास्थल पुगेको र गाडीमा आगजनी गर्नेको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका एसपी शरद खत्रीले बताए ।