INSEC Online

📅 २०८३ जेष्ठ २१

बेचबिखन घटनाका आरोपित गिरफ्तार

करैयामाई गाउँपालिका–३ गालोपाटीका ४५ वर्षीय देवेन्द्रप्रसाद केशरीलाई अपहरण गरी भारतमा लगी बिक्री गरेको आरोपमा प्रहरी चौक गंजभवानीपुरको प्रहरीले करैयामाई गाउँपालिका–३ का ५० वर्षीय शत्रुधन साह कानुलाई महागढीमाई नगरपालिका–१० गजंभवानीपुरबाट भदौ १८ गते गिरफ्तार गरेको छ ।

पीडित केशरीलाई ०५९ जेठ २९ गते कलैयाबाट घर जाँदा पसाहा खोलाबाट आरोपित कानुले हातहतियार देखाएर नगद १० हजार रुपियाँ खोसेर अपहरण गरी भारत बिहार पुर्विचम्पारण आदापुरमा भारतिय व्यक्तिसँग २ लाख रुपियाँमा बिक्री गरेको भन्दै पीडितको बुबाले जिल्ला प्रहरी कार्यालयमा ०५९ असार १ गते उजुरी दिएका थिए ।

घटना पछि आरोपित कानु फरार रहेका कारण मुद्दा जिल्ला अदालतमा मुल्तबी रहेको थियो । आरोपित कानुलाई जिल्ला अदालतको भदौ १९ गतेको आदेशले पुर्पक्षका लागि कारागार कार्यालय बीरगंज पठाइएको जिल्ला अदालतका श्रेस्तेदार नवराज जोशीले बताउनु भयो ।

अन्य

भिडियो