INSEC Online

📅 २०८३ जेष्ठ २१

उपाध्यक्ष बुढामाथि हातपातको आरोप, प्रशासनमा उजुरी

तिला गाउँपालिका उपाध्यक्ष ४१ वर्षीया गोरीकला बुढाले आफूमाथि हातपात भएको भन्दै जिल्ला प्रशासन कार्यालय, जुम्लामा भदौ २० गते उजुरी दर्ता गर्नु भएको छ ।

आफु माथि हातपात गर्नेलाई आवश्यक कारबाही गरी पाउँ भनी तिला गाउँपालिकाका उपाध्यक्ष बुढाले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिनु भएको हो ।

उहाँले भन्नुभयो भदौ १९ गते दिउँसो ३ बजे म आफ्नो कार्यकक्षमा रही आफ्नो पदिय जिम्मेवारीमा सेवा प्रवाह गरिरहेको समयमा बिना जानकारी तिला गाउँपालिका–२ का धनेन्द्र बोहोरा, वडा नम्बर २ का वडाध्यक्ष चन्द्रबहादुर बोहोरा, वडा नम्बर १ का वृर्ख बुढा, तिला गाउँपालिका–८ निवासी शिक्षक मेघबहादुर बस्नेत, वडा नम्बर–६ का वडाध्यक्ष जङ्गबहादुर रोकाया, वडा नम्बर ९ का वडाध्यक्ष धनबहादुर रावत लगायतका ४० देखि ५० जनाको समूहले सुनियोजित ढङ्गबाट हातपात गरेको भन्दै उनीहरूविरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएको हुँ । आवश्यक कानुनी कारवाहीको माग गर्दछु

उपाध्यक्ष माथि हातपात नगरेको वडा नम्बर ६ का वडाध्यक्ष जङ्गबहादुर रोकायाले प्रतिक्रिया दिनु भएको छ । उहाँले भन्नुभयो भदौ १९ गते नेपाली काङ्ग्रेस तिला गाउँ कमिटीले विभिन्न १५ बुँदे माग राख्दै गाउँ कार्यपालिकाको कार्यालयमा ताला लगाएको थियो ।

सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालका अनुसार उपाध्यक्ष बुढाको निवेदन दर्ता भएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको उहाँले बताउनु भयो ।
Photojumla20220906 (2) Photojumla20220906 (1)

अन्य

भिडियो