१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले वीरगंज महानगरपालिका–१६ इनर्वाका ७० वर्षीय भुखल महतो नूनीयालाई भदौ १८ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकाका अभिभावक सरसमान किन्न बजार गएको मौका छोपी आरोपित नुनीयाले घरमै गई बलात्कार गरेको पीडितकी आमाले आरोप लगाएकी छन् ।
पीडित बालिकालाई बलात्कार गर्न सहयोग गरेकोे आरोपमा बारा जिल्ला कलैया नगरपालिका–७ बरेवा घर भई वीरगंज महानगरपालिका–२४ रामगढवामा डेरा गरी बस्ने २० वर्षीया रेखा सिंहविरुद्ध पनि जिल्ला प्रहरी कार्यालय पर्सामा भदौ १८ गते नै उजुरी दिएका छन् ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण भदौ १८ गते नै वीरगंजको नारायणी अस्पतालमा गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी निर्मल बुढाथोकीले जानकारी दिनु भयो ।