२६ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले ठोरी गाउँपालिका–२ टाउन प्लान तेर्सो टोलका ४० वर्षीय बुद्धविर लामालाई भदौ १८ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपित लामाले भदौ १५ गते बलात्कार प्रयास गरेको पीडित महिलाले आरोप लगाएकी छन् ।
पीडित महिलाले आरोपित लामाविरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा भदौ १६ गते उजुरी दिएकी छन् ।
पीडित महिलाको स्वास्थ्य परीक्षण सोही दिन वीरगंजको नारायणी अस्पतालमा गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी निर्मल बुढाथोकीले जानकारी दिनु भयो ।