INSEC Online

📅 २०८३ जेष्ठ २१

कुटपिट घटनाको उजुरी प्रहरीले दर्ता नगरेको पीडित पक्षको आरोप

खत्याड गाँउपालिका–९ घरभई जिल्ला अस्पताल, गमगढीमा कार्यरत ल्याव टेक्नेसियन २७ वर्षीय प्रकाश भण्डारीलाई जिल्ला अस्पताल सुरक्षार्थ खटिएका प्रहरी हवल्दार शिवदत्त न्यौपानेले कुटपिट गरेको भनिएको घटनाको उजुरी जिल्ला प्रहरी कार्यालय, मुगुले उजुरी दिएको चार दिनसक्दा दर्ता नगरेको पीडित पक्षले आरोप लगाएका छन ।

तिजको नाचगान भइरहेको अवस्थामा भदौ १४ गते राति करिब साढे नौ बजे जिल्ला अस्पातालका कर्मचारी क्वार्टर अगाडी प्रहरी हवल्दार न्यौपानेले विना कारण आफुलाई कुटपिट गरेपछि भदौ १५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकोमा भदौ १७ गतेसम्म दर्ता नभएको पीडित पक्षले आरोप लगाएका हुन ।

अस्पातलमा कार्यरत महिला कर्मचारीले तिजको नाचगान गर्दै गरेको बेला प्रहरी हवल्दार न्यौपानेले समय सकिएको भन्दै साउण्ड बक्स आफनो कोठामा लगेका र साउण्ड बक्स माग्न गएका नायब सुब्बा देबराज गिरी बीच विवाद भएको भन्ने सुनेको तर उक्त विवादमा आफु नभएको भण्डारीले जानकारी दिनु भएको छ ।

डिउटीमा जादै गरेको अवस्थामा हवल्दार न्यौपानेले आफुलाई विना कारण कुटपिट गरेको स्वास्थ्यकर्मी भण्डारीले आरोप लगाउनु भएको छ ।

कुटपिटबाट नाँक, टाउकोमा चोट लागेको भण्डारीको जिल्ला अस्पतालमा उपचार भएको थियो । घटनाका सम्बन्धमा प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी कार्यालयका डीएसपीलाई जानकारी गराएपनि उजुरी माथि कुनै सुनुवाई नभएको भण्डारीले गुनासो गर्नु भयो ।

जिल्ला अस्पातलमा तिजको नाचगान गर्दा केही कर्मचारी र प्रहरी हवल्दार न्यौपाने बीच विवाद भएको हो । विना कारण कुटिएको भनिएका भण्डारीले प्रहरीमा निवेदन दिएका छन । हवल्दार न्यौपानेले समेत आफुलाई कुटपिट भएको भनि निवेदन दिएका कारण दुबैको निवेदन दर्ता नभएको हो । अनुसन्धान भइरहेको छ, दुबै पक्षलाई छलफलमा राखी प्रक्रिया अगाडी बढ्ने जिल्ला प्रहरी कार्यालय, मुगुका सूचना अधिकारी सुर्दशन पन्थीले जानकारी दिनु भएको छ ।

सर्वसाधरणको सेवाका लागी रातदिन नभनी आफनो डिउटीमा जादै गर्दा अस्पातलकै सुरक्षार्थ खटिएका सुरक्षाकर्मीबाट कुटिएपछि कानुनी उपचारकालागी प्रहरीमा निवेदन दिएको हो । आफनो निवेदन माथि अहिलेसम्म सुनुवाई भएको छैन । यदि मइले दिएको निवेदन माथि सुनुवाई नभए आफु सत्याग्रहमा बस्नुका साथै राष्ट्रिय मानव अधिकार आयोगसम्म पुग्ने पीडित भण्डारी जानकारी दिनु भएको छ ।

अन्य

भिडियो