२४ वर्षीय महिलालाई बलात्कार गरेको आरोपमा पीडितले छिपहरमाई गाउँपालिका–४ बन्जारी घर भई वीरगंज महानगरपालिका–१४ पिप्रामा डेरा गरी बस्ने २७ वर्षीय अर्जुन यादवविरुद्ध जिल्ला प्रहरी कार्यालयमा भदौ १५ गते उजुरी दिएकी छन् ।
पीडित महिलालाई आरोपित यादवले आफ्नै डेरामा राखी फागुन महिनादेखि बलात्कार गर्दै आएकोमा पछिल्लो पटक ०७९ साउन २५ गते बलात्कार गरेको पीडतले आरोप लगाएकी छिन् ।
आरोपित विरुद्ध जिल्ला प्रहरी कार्यालय पर्साले जबरजस्तीकरणी मुद्दामा अनुसन्धान सुरु गरेको जनाएको छ । बलात्कार घटनाका पीडित महिला गर्भवती छिन् ।
पीडित महिलाको स्वास्थ्य परीक्षण भदौ १५ गते वीरगंजको नारायणी अस्पतालमा गरिएको छ ।
पीडितले प्रहरीमा उजुरी दिएपछि आरोपित यादव ‘फरार’ रहेकाले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी नविन बुढाथोकीले जानकारी दिनु भयो ।