INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

झापा गाउँपालिका–६ स्थित चन्द्रवस्तीकी ३५ वर्षीया तलामोही हस्दाको हत्या गरेको आरोपमा प्रहरीले ४० वर्षीय पति नाइके हस्दालाई भदौ ११ गते गिरफ्तार गरेको छ ।

घरायसी विवादका क्रममा आरोपितले भदौ १० गते राति पत्नीलाई खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

पत्नी हत्या लगत्तै फरार भएका आरोपितलाई कचनकवल गाउँपालिका–१ स्थित नेपाल–भारत सीमा नाका नजिकैबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी वसन्त पाठकले जानकारी दिनु भयो ।

शवको पोष्टमार्टम भदौ ११ गते मेची प्रादेशिक अस्पतालमा गरिएको छ ।

पीडित पक्षले सोही दिन शव बुझी झापा गाउँपालिका–६ स्थित विरिङ्ग खोलामा सद्गत गरेको छ ।

अन्य

भिडियो