३४ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले इटहरी उपमहानगरपालिका–२ का ४१ वर्षीय सुवास दङ्गालाविरूद्ध भदौ ६ गते इलाका प्रहरी कार्यालय इटहरीमा उजुरी दिएको छ ।
पीडित महिलालाई आरोपितले भदौ ५ गते बलात्कार प्रयास गरेको आरोपमा आरोपितविरूद्ध प्रहरीमा उजुरी दिएको पीडितका ४४ वर्षीय दाजुले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।
पीडित पक्षले आरोपितविरूद्ध भदौ ६ गते इलाका प्रहरी कार्यालय इटहरीमा उजुरी दिएको डिएसपी राजकुमार राईले बताउनु भयो ।
पीडित पक्षको उजुरीलगत्तै फरार भएका आरोपितको खोजी थालिएको डिएसपी राईले बताउनु भयो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण इटहरी अस्पतालमा भदौ ६ गते गरिएको छ ।