INSEC Online

📅 २०८३ जेष्ठ २१

बालिका अपहरण प्रयास घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई अपहरणको प्रयास गरेको आरोपमा प्रहरीले सप्तरी जिल्लाको कञ्चनरूप नगरपालिका–४ का २२ वर्षीय महेश यादवलाई भदौ ५ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले साउन २५ गते घरमा कोही नभएको मौका छोपी अपहरण गरेर बेपत्ता बनाएको आरोपमा आरोपितविरूद्ध भदौ ५ गते इलाका प्रहरी कार्यालय पकलीमा उजुरी दिएको बालिकाका ४० वर्षीय बाबुले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडित पक्षको उजुरी लगत्तै आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजकुमार राईले बताउनु भयो् ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण इनरूवा अस्पतालमा भदौ ५ गते गरिएको छ ।

अन्य

भिडियो