INSEC Online

📅 २०८३ जेष्ठ २१

सासूलाई कुटपिट घटनाका आरोपित गिरफ्तार

पञ्चदेवल विनायक नगरपालिका–६ तोलीकी ५३ वर्षीया अपाङ्गता भएकी जयसरा न्यौपानेलाई भदौ ८ गते कुटपिट गरेको आरोपमा प्रहरीले ३५ वर्षीया बुहारी धर्मा न्यौपाने र ३० वर्षीया देवीसरा न्यौपानेलाई गिरफ्तार गरेको छ ।

घरयासी विवादका कारण अपाङ्गा भएकी जयसरालाई बुहारीद्वयले कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा बाहिरीएपछि इलाका प्रहरी कार्यालय विनायकबाट खटिएको प्रहरी टोलीले भदौ ८ गते धार्मा र देविसरालाई गिरफ्तार गरेको हो ।

कुटपिटमा सङ्लग्न रहेका धर्मा र देवीसरालाई जिल्ला प्रहरी कार्यालयको हिरासतका राखेर अनुसन्धान भइरहेको र घटनामा सङ्लग्न दुवै जना विरुद्ध कानुनी कार्वाही अगाडि बढाउने तयारी समेत भइरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर कैलाशसिंह विष्टले बताउनु भयो ।

एकद्वार सङ्कट व्यवस्थापन (ओसिएमसी) को सहयोगमा कुटपिटबाट घाइते हुनु भएकी जयसराको स्वास्थ्य उपचार जिल्ला अस्पतालमा भइरहेको छ ।

अन्य

भिडियो