माछापुच्छ्रे गाउँपालिका-२ बाट अध्यक्ष पदका उम्मेदवार गुञ्जमान गुरूङले प्रयोग गरेको गाडीमा आगजनी गरेको आरोपमा प्रहरीले तीन जनालाई वैशाख २४ गते गिरफ्तार गरेको छ ।
वैशाख २३ गते राति ग १ ज ६४४५ नम्बरको बोलेरो जिपमा आगजनी गरेपछि सोही घटनामा संलग्न भएको आरोपमा प्रहरीले खुसीमान गुरूङ, चित्र गुरूङ र बहुदल तामाङलाई माछापुच्छ्रे गाउँपालिका-२ बाटै गिरफ्तार गरेको वडा प्रहरी कार्यलय बगरका इन्स्पेक्टर इश्वर लम्सालले जानकारी दिए ।
इन्स्पेक्टर लम्सालले घटनामा संलग्न अन्यको खोजी कार्य जारी रहेको बताउँदै सो घटना नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गरेको हुनसक्ने आशङ्का व्यक्त गरे ।