INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका फरार कसुरदार गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरी तीन वर्षदेखि फरार रहेका कसुरदार महाकाली नगरपालिका–२ का २० वर्षीय हरिश बम आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा प्रहरीले भदौ ६ गते गिरफ्तार गरेको छ ।

जिल्ला अदालतले कसुर ठहर गरी कैद सजायको फैसला सुनाएको भएपनि कसुरदार फरार रहेकाले तीन वर्षपछि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर भरत गिरीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

०७६ माघ २७ गते जिल्ला अदालतको फैसला अनुसार बंमलाई १ वर्ष ८ महिना कैद र ६ हजार ७ सय रपियाँ सजायको फैसला भएकोले कसुरदारलाई भदौ ६ गते जिल्ला अदालतमा पेस गरी सजाय भुक्तानिका लागि कारागार चलान गरिएको इन्स्पेक्टर गिरीले बताउनु भयो ।

०७६ साउन १२ गते बालिकालाई बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपित बंम विरुद्ध जिल्ला प्रहरी कार्यालयमा साउन २१ गते उजुरी दिएका थिए ।

प्रहरीले सरकारी वकिल कार्यालयमार्फत आरोपित विरुद्ध ०७६ साउन २५ गते जबरजस्तीकरणी अन्तर्गत जिल्ला अदातलमा मुद्दा दर्ता गरेको थियो ।

पीडितको स्वास्थ्य परीक्षण ०७६ साउन  २१ गते महाकाली अस्पतालमा भएको थियो ।

अन्य

भिडियो