INSEC Online

📅 २०८३ जेष्ठ २१

उम्मेदवारलाई राजिनामा दिन नेकपाको दबाव

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले स्थानीय तहको निर्वाचनका उम्मेदवारहरूलाई राजिनामा दिन दबाव दिएको छ । सो पार्टीका जिल्ला इञ्चार्ज पुर्णजित पुनले उम्मेदवारलाई पत्र पठाउँदै उम्मेदवारीबाट राजिनामा दिन दबाव दिएको हो ।

देशलाई प्रतिगमनतिर धकेल्ने योजना अनुरूप जबरजस्ती रूपमा स्थानीय तहको निर्वाचन गरिन लागिएको भन्दै सो पार्टीले सम्पुर्ण तहका उम्मेदवारहरूलाई राजिनामा दिएर आउन अनुरोध गरेको छ । ‘अन्यथा आगामी दिनमा आर्इपर्ने सम्पुर्ण परिणामहरूको जिम्मेवारी लिन स्वयम् उम्मेदवारहरू तयार रहनुहोला ।’-पत्रमा भनिएको छ ।

नेकपा तनहुँका जिल्ला सदस्य टेकबहादुर बिकले आफ्नो पार्टीले निर्वाचन असफल पार्न उम्मेदवारी फिर्ता लिन अनुरोध गरेको बताए । साथै निर्वाचनको विरोधमा उम्मेदवारको घर घरमा कालो झण्डा टाँग्ने काम पनि सुरू गरिएको बताए ।

अन्य

भिडियो