INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भारतको रिम्बिक स्थायी घर भइ याङवरक गाउँपालिका–४ स्थित सनसाइन बोर्डिङ स्कुलमा कार्यरत शिक्षक २५ वर्षीय सरजित ठटाललाई भदौ ४ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले भदौ ३ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध भदौ ४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि याङवरक गाउँपालिका–४ थर्पुबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय मुद्दा शाखाका हवल्दार युवराज दाहालले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा भदौ ४ गते गरिएको छ ।

अन्य

भिडियो