१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा भारतीय नागरिक ३१ वर्षीय ओमबाबु गुप्ता र २२ वर्षीय चन्दन गुप्तालाई प्रहरीले भदौ ५ गते कीर्तिपुर नगरपालिका–५ बाघभैरवबाट गिरफ्तार गरेको छ ।
पीडितलाई डर त्रास देखाएर भदौ ४ गते बलात्कार गरेको भन्दै पीडितका आफन्तले आरोपितविरुद्ध भदौ ५ गते प्रहरी वृत्त कीर्तिपुरमा उजुरी दिएका थिए ।
पीडित पक्षको उजुरीपछि प्रहरीको टोलीले आरोपितलाई भदौ ५ गते गिरफ्तार गरेको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिनुभयो ।
आरोपितलाई भदौ ५ गते जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर हिरासतमा राखी अनुसन्धान थालिएको एसपी मैनालीले बताउनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण थापाथलीस्थित प्रसुति गृहमा भदौ ५ गते गरियो ।