२५ वर्षीया महिलालाई बलात्कार गरी फरार रहेका सूर्यविनायक नगरपालिका–८ बस्ने ५० वर्षीय चण्डेश्वर थापालाई प्रहरीले ०७९ भदौ २ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई साउन २५ गते डर धम्की र त्रास देखाएर बलात्कार गरेको भन्दै पीडित पक्षले प्रहरी परिसर भक्तपुरमा साउन २६ गते उजुरी दिएपछि आरोपित थापा फरार भएका थिए ।
प्रहरीले घटनाको अनुसन्धान गर्ने क्रममा थापालाई लुकिछिपी बसेको अवस्थामा मध्यपुरथिमि नगरपालिका–४ नयाँठिमीबाट गिरफ्तार गरेको प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डेले जानकारी दिनु भयो ।
पीडित महिलाको भक्तपुर अस्पतालमा साउन २६ गते स्वास्थ्य परीक्षण गरियो ।