INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका कसुरदार गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले काठमाडौँ जिल्ला कागेश्वरी मनहरा नगरपालिका–१ का ४० वर्षीय सन्तोष खड्कालाई साउन ३१ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले मिथिला नगरपालिका–६ स्थित चितवन होटल एण्ड गेष्ट हाउसमा ०७४ चैत २६ गते बलात्कार गरेको आरोप थियो ।

पीडित पक्षले ०७४ चैत २६ गते जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण ०७४ चैत २६ गते तत्कालिन जनकपुर अञ्चल अस्पतालमा गरिएको थियो ।

उच्च अदालत जनकपुरले ०७६ असार २५ गते बलात्कार कसुरमा खड्कालाई ६ वर्ष कैद सजाय र ५० हजार रुपियाँ जरिबाना तोकेको थियो ।

घटना लगत्तै ‘फरार’ रहेका खड्का सिन्धुली जिल्ला कमलामाई नगरपालिका–१ सेल्फीडाँडास्थित होटल कोहिनुर सञ्चालन गर्दै आएकोमा गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको विशेष प्रहरी टोलीले गिरफ्तार गरेको हो ।

खड्कालाई भदौ १ गते सिन्धुली जिल्ला कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी बसन्त रजौरेले बताउनु भयो ।

अन्य

भिडियो