कालिका दैनिक अनलाइनका सम्पादक शिशिर सिंखडामाथि भदौ १ गते बिहान कालिका नगरपालिका–६ स्थित खोलेसिमलमा चिया पसलमा आक्रमण भएको घटनाका आरोपितविरुद्ध उजुरी दर्ता भएको छ ।
कालिका गाउँपालिका–६ निवासी पत्रकार सिंखडामाथि सोही वडाका ४० वर्षीय दीपक लामिछानेले समाचारको विषयमा कुटपिट गरेको पीडितले बताउनुभयो ।
कालिका दैनिक अनलाईनमा कालिका नगरपालिकाका पूर्व मेयर खुमबहादुर श्रेष्ट र उनका स्वकीय सचिव रहेका लामिछानेले भ्रष्टाचार गरेको र सो को उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेकाे भन्ने समाचार प्रकाशन गरेको विषयलाई लिएर कुटिपिट तथा आक्रमण भएको पीडित सिंखडाले बताउनु भयो ।
पीडित सिंखडाले भदौ १ गते नै आरोपित लामिछानेविरुद्ध इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीमा उजुरी गराउनु भएको छ ।
आरोपित गिरफ्तार नभएको जिल्ला प्रहरी कार्यालयका डिएसपी नरहरि अधिकारीले बताउनुभयो ।