INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२६ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा ०७९ भदौ १ गते रामेछाप नगरपालिका–१ गोठगाउँ घर भई मन्थली नगरपालका–१ मन्थली बजारमा होटल तथा किराना पसल व्यवसाय गर्दै आएका ४१ वर्षीय पवनकुमार कठायतलाई प्रहरीले मन्थलीबाट गरिफ्तार गरेको छ ।

जिल्ला प्रहरी कर्यालय रामेछापका प्रवक्ता इन्स्पेक्टर राजुप्रसाद ढकालका अनुसार कठायतविरुद्ध पीडितलाई ०७९ बैशाख ७ गते मन्थली नगरपालिका–१ भैँसेश्वर स्थित आफ्नै घरमा बलात्कारको प्रयास गरेको आरोपमा ०७९ साउन १५ गते  जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता भएको थियो ।

मुद्दा दर्ता भएपछि कठायत फरार रहेका थिए । कठायतलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी अनुसन्धान सुरु गरिएको ढकालले जानकारी दिनुभयो ।

अन्य

भिडियो