INSEC Online

📅 २०८३ जेष्ठ २२

काङ्ग्रेसको दुई गाडीमा आगजनी

नेपाली काङ्ग्रेसले चुनाव प्रचारका लागि प्रयोग गरेका दुईवटा गाडी गएराति अज्ञात समूहले जलाइदिएको राससले जनाएको छ । धुनीबेँसी नगरपालिका-५ मा रोकेर राखेको अवस्थामा ती गाडी जलाइएको हो ।

बा १२ च १२७६ नंको बोलेरो जिप र बा ३ च १७०३ नं को जिप्सी गाडी अज्ञात समूहले जलाइदिएको इलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ । जलाउनेको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो