INSEC Online

📅 २०८३ जेष्ठ २१

फरार कैदी गिरफ्तार

विराटनगर महानगरपालिका–१८ का ४५ वर्षीय लक्ष्मण दास कोशी कोभिड अस्पताल परिसरबाट साउन २५ गते फरार भएका कैदीलाई प्रहरीले साउन २७ गते गिरफ्तार गरेको छ ।

साउन २० गते कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि उपचारका लागि कोशी कोभिड अस्पतालमा भर्ना गरिएका दास साउन २५ गते अस्पताल परिसरबाट फरार भएको अस्पतालका सूचना अधिकारी अनुपम राजवंशीले बताउनु भयो ।

फरार कैदीलाई विराटनगर महानगरपालिका–१४ मा लुकेर बसेको अवस्थामा साउन २७ गते गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी दीपक श्रेष्ठले बताउनु भयो ।

शौच गर्ने बहानामा दास फरार भएको सूचना अधिकारी अनुपम राजवंशीले बताउनु भयो ।

शौचालय जानेपछि हत्कडी खोलेपछि दास फरार भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दीपक श्रेष्ठले बताउनु भयो ।

बैङ्किक सम्बन्धी कसुर मुद्दामा जिल्ला अदालतबाट ०७६ वैशाख २९ गते दोषी ठहर भइ ६ महिना कैद सजायको फैसला तोकिएपछि दास फरार भएका थिए ।

लुकिछिपि बसेको अवस्थामा प्रहरीले दासलाई साउन २० गते घरबाटै गिरफ्तार गरेको थियो ।

कोशी अस्पतालमा साउन २० गते स्वास्थ्य परीक्षणका क्रममा कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि दासलाई कोशी कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।

अन्य

भिडियो